स्तनपानबारे भ्रम र वास्तविकता

संसारभर अगष्ट १ देखि ७ सम्म विश्व स्तनपान दिवस मनाइदैछ । यस अवधिमा महिलालाई स्तनपानबारे जानकारी दिइन्छ । स्तनपान सम्बन्धी फैलिएका केही भ्रम र झुटकाबारेमा यहा प्रष्ट पारिएकाे छ ।

भ्रम
स्तनको आकार सानो भए बच्चाका लागि पर्याप्त दूध आउँदैन ।

वास्तविकता
स्तनपानका लागि स्तनको आकारको कुनै भूमिका हुँदैन । आमा स्वस्थ रहे बच्चालाई खुवाउन पर्याप्त दूध आउने गर्दछ ।

भ्रम
स्तनपानले बच्चालाई मात्र फाइदा पुर्याउँछ ।

वास्तविकता
यदि कुनै महिलाले नियमित स्तनपान गराउँछिन् भने यसले केवल बच्चालाई मात्र फाइदा पुर्याउँदैन । यसले आमालाई स्तन क्यान्सरको खतराबाट जोगाउँछ ।

भ्रम
स्तनपान गराउँदा स्तनको आकारमा परिवर्तन हुन्छ ।

वास्तविकता
स्तनपान गराउँदा स्तनको आकारमा कुनै फरक पर्दैन । बरु स्तन थप स्वस्थ हुने गर्दछ ।

भ्रम
आमाको स्वास्थ्य बिग्रिए बच्चालाई स्तनपान गराउनु हुँदैन ।

वास्तविकता
आमाको स्वास्थ्य खराब हुँदा पनि बच्चालाई स्तनपान गराउन सकिन्छ । यसले बच्चाको स्वास्थ्यलाई नकारात्मक असर पुर्याउँदैन ।

भ्रम
बच्चालाई आमा दूध भन्दा पाउडर दूध राम्रो हुन्छ ।

वास्तविकता
आमाको दूधमा एन्टीबडिज, लिभिङ सेल्स, इन्जाइम र हर्मोन हुने गर्दछ । यो पाउडर वा फर्मुला मिल्क भन्दा धेरै फाइदाजनक हुन्छ । एजेन्सीकाे सहयाेगमा

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्