जसपाको संघीय परिषद् अध्यक्षमा अशोक राई

भट्टराईसहित नाै जना जिम्मेवारीमुक्त

जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष अशोक राईलाई बनाइएको छ । उनी यसअघि पार्टीको वरिष्ठ नेता थिए ।

जसपाको विरगन्जमा सम्पन्न केन्द्रीय समितिको बैठकले राईलाई संघीय परिषद्को अध्यक्ष बनाएको हो ।

जसपाबाट डा. बाबुराम भट्टराई समूह अलग भएपछि भट्टराईको ठाउँमा राईलाई राखिएको हो ।

बैठकले डा. बाबुराम भट्टराई, हिसिला यमी, भक्तबहादुर साह, प्रशान्त सिंह, गंगा श्रेष्ठ, महेन्द्र राय यादव, रमेश यादव, दुर्गा साेव र दानबहादुर चाैधरीलाई कारबाही गरेकाे छ ।

जससाका केन्द्रीय सदस्य पूर्ण बस्नेतका अनुसार उनीहरुलाई कारबाही स्वरुप सम्पूर्ण जिम्मेवारीबाट हटाइएको हो ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

  1. पार्टीले सहि निर्णय गरेकाे छ ,,

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img