जुद्ध ढाक्रे
अशोक राईको शिर योग्यता र क्षमताले अब्बल भएर पनि परिस्थितिबस् राजनीतिक पाेर्टफाेलियाेमा तल परेकै थियो, वा भनौं केही शिर ढलेकै थियो । यसपटक जसपाको वीरगन्ज बैठकले उनको शिर ठाडो पारेको छ, जुन स्वाभाबिक छ । जसपाको विधानअनुसार संघीय परिषद्काे अध्यक्ष खाली भएपछि उनी संघीय परिषद् अध्यक्षमा मनोनयन भएका हुन् ।
केही अनलाइन मिडियाहरुले राजेन्द्र श्रेष्ठले बनाएका हुन् भनेर बजारमा समाचार सम्प्रेषण गरे पनि त्यो कुरा सत्य होइन । बरु यही स्तम्भकार जुद्ध ढाक्रेले नै बैठक हलमा उनको नाम प्रस्ताव गरेपछि उनी संघीय परिषद्काे अध्यक्ष बन्ने वातावरण निर्माण भएको हाे ।
उनैको नेतृत्वमा संघीय समाजवादी पार्टी, नेपाल निर्माण भएपछि विभिन्न पार्टीसँग एकता गर्दै आउँदा उनको पद खुम्चिदै गएको थियो । जबकि, उनकै नेतृत्वमा स्थापित गरिएका पहिचान र समानुपातिक समावेशीजस्ता पार्टीका मुद्दाकाे भरमै जसपा अगाडि बढिरहेको छ ।
तर, पार्टीमा उनको कुराको कम सुनुवाइ हुन्छ भन्ने पार्टी कार्यकर्ता र जनमानसमा परिसकेको थियो । पार्टीको निर्णयहरुमा पनि त्यो कुरा झल्किन्थ्यो । त्यसका थुप्रै उदाहरण्हरु छन्; जस्तै, पार्टीको कोटामा राजदूत नियुक्त गर्ने र राजनैतिक नियुक्ति दिने कुराहरुमा यसका प्रमाणहरु लिन सकिन्छ ।
संघीय परिषद्काे अध्यक्षमा उनको मनोनयनले पार्टी पंक्तिमा र उनका शुभचिन्तकहरुमा देशभरि नै सकारात्मक सन्देश गएको छ । स्थानीय निर्वाचनमा पहाडी क्षेत्रमा पनि केही परिणाम दिएर जसपाले राम्रो उपस्थित जनाएको छ । पहाडी र हिमाली भेगमा अझ पार्टीलाई अगाडि बढाउने दायित्व पनि अशोक राईकै काँधमा अझै धेरै थपिएको छ ।
अशोक राई र रकम चेम्जाेङले योजना बनाएर कसैलाई काख र कसैलाई पाखा नगरी संगठन गर्ने हो भने जसपाको संगठन एक वर्षभित्र संसारले देख्ने गरी गर्न सकिन्छ ।
क्षमताबिनाको समावेशी नेतृत्व पनि घातक नै रहेछ भन्ने कुरा बुझ्न टाढा जान पर्दैन रहेछ भन्ने कुरा जसपाकै भुक्तभोगी रहेको कुरा सबैलाई विदितै रहेकाे छ । संघीय समाजवादी पार्टीको समयमा पार्टी निर्माण भएको ११ महिनाको बिचमा संविधानसभा सदस्य बनाइएको डिबी नेपाली, जसपाका नेता बनाइएका दानबहादुर विश्वकर्मा र संघीय सांसद बनाइएकी उनकै श्रीमती कलुदेवी विश्वकर्माले स्वार्थसिद्ध भएपछि पार्टी त्यागीसकेका छन् भने खस-आर्य समुदायबाट सांसद र प्रदेशसभा सदस्यहरुको पनि आशालाग्दो जनतामाँझ काम गरेको देखिदैन ।
अब पार्टीले क्षमता र संघ-संगठन गर्न सक्ने सदस्यहरुलाई नचिन्ने र ठूला नेताका आसेपासेहरुलाई मात्रै मौका दिँदै जाने र पारदर्शिता नअपनाउने हो भने पार्टी निर्माण गर्न सम्भव छैन । जसपामा केही मान्छेहरु दिनरात काम गरेको गर्यै छन्, केही मान्छेहरु समावेशीकाे नाममा पार्टी र सरकारका अंगहरुमा सुबिधा खाएर बसेकै छन् । यो राम्रो तरिका मान्न सकिन्न, यसलाई चाडो सुधार गर्नु पर्छ ।
गण्डकी प्रदेशमा डिबी नेपालीको कुरा आइसकेको छ भने त्यही प्रदेशमा आर्थिकबाहेक निम्छुरा क्षमता हुँदा पनि गणेशमान गुरुङलाई पार्टीले अरुलाई अन्याय गरेर पनि प्रमोसन गर्यो । तर उनले पनि जसपा त्यागेर एमाले प्रबेश गरेर देखाइदिए ।
यस्ताे घटना देख्दा त पार्टीको नेतृत्वको दूरदृष्टि निकै कम छ भन्ने साबित हुन आउँछ र यस्ताे घटनाको लागि कहिल्यै क्षमा मागेको पनि छैन र निर्णयमा कमजोरी भएछ भनेर स्विकार्न पनि चाहेको छैन । यो लोकतन्त्रमा निकै असभ्य मानिन्छ । नेतृत्वले यसलाई सुधार्नेछन् भन्ने अपेक्षा गर्ने बाहेक अर्को उपाय छैन ।
जसपाको सांगठनिक आधार हेर्दा सबैभन्दा राम्रो मधेस प्रदेश, दाेस्राेमा लुम्बिनी प्रदेश र तेस्राेमा १ नम्बर प्रदेश हाे । अब पार्टीले यीनै तीन प्रदेशमा विशेष योजना बनाउनपर्ने आवश्यकता देखिन्छ । मधेश आन्दोलनको जगमा स्थापित संगठनले पहिचानको आधारमा मधेस प्रदेश प्राप्त गरिसकेको छ ।
यसैको नजिरले अरु प्रदेशहरुमा पहिचानको प्रदेश प्राप्त गर्नुछ । पार्टीको आधार मधेसमा निकै राम्रो छ । तर रसायन धेरै कमजोर छ । किनभने भनेको जस्ताे पद र मन्त्री पाएन भने आज पार्टीमा भएको मान्छे भोलि अर्कै पार्टीको सदस्य भैसक्छ । यो निकै अप्ठ्यरो चरित्र हो, यसलाई सुधार्नु पर्दछ ।
लुम्बिनी प्रदेश जहाँ पार्टीको मगरात, खसान र थारुहट राष्ट्रिय समिति पनि कार्यरत रहेका छन्, यो प्रदेशमा पार्टीको काम निकै उठिरहेको छ र आउने दिनमा यो प्रदेशमा पार्टीले राम्रो परिणाम ल्याउन सक्ने सम्भावना छ ।
धेरै बिरालो भएर मुसा नमारेको प्रदेश भनेको १ नम्बर प्रदेश नै हो । किनभने त्यही जन्मेका हुन्, अशोक राई, रकम चेम्जाेङ, हेमराज राई र रणध्वज कन्दङ्वा । र त्यहाँ अरु थुप्रै नेता-कार्यकर्ताहरु पनि कार्यरत छन् । यसै प्रदेशमा किरात, लिम्बुवान, शेर्पालुङ र थोरै मधेस प्रदेशको भाग पर्दछ । विचारमा यो प्रदेश उठिसकेको छ, संगठनमा पनि पछि छैन । तर यस प्रदेशका माथिल्लो तहका नेताहरुको चित्त कुखुराको जस्ताे छ । सानो कुरा पनि पचाउन नसक्ने र मिलाउन नसक्ने ।
स-सानो गुटमा रम्न खोज्ने र संगठनलाई चिम्टिभर योगदान गर्न नसक्ने फिस्टेहरुलाई च्यापेर राष्ट्रिय लेवलको नेता हुने सपना देख्ने समस्याले गर्दा पार्टी संगठनलाई नोक्सान भएको छ ।
अशोक राई र रकम चेम्जाेङले योजना बनाएर कसैलाई काख र कसैलाई पाखा नगरी संगठन गर्ने हो भने जसपाको संगठन एक वर्षभित्र संसारले देख्ने गरी गर्न सकिन्छ । त्यहाँ यति धेरै नेता-कार्यकर्ता छन् र हर किसिमले यति सक्षम छन् कि त्यहाँ पुष्पकमल भन्ने प्रचण्डेको टुपी ठाडो हुने गरी पार्टी संगठन त के जनयुद्ध गर्न सकिन्छ । तर यो कुरा अशोक राई र रकम चेम्जाेङलाई कसले सम्झाउने ? सायद महाभारतमा युधिष्ठिरलाई सम्झाउने यक्ष नै आउनुपर्छ होला । हामीले सम्झाउन सकिएन ।
पहिलो र दाेस्राे विश्वयुद्ध लड्ने राई र लिम्बूका सन्तान त्यही छन् । एकबार पहिचान लडाइँ लड्न तयारै छन् । तर नेतृत्वले हिम्मत गरेको देखिदैन ।
नेपालीमा एउटा भनाइ छ- सानो चित्तले बोसो पाक्दैन । पहिचानको लडाइँ पनि बोसो जस्तै छ । जसपाको मुद्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, जातीय जनसंख्याको आधारमा समानुपातिक संसद तथा राज्यको हरेक अंगमा समावेशी प्रतिनिधित्व, पहिचानको आधरमा १०+१ आदि ईत्यादिको नेतृत्व वर्तमान परिस्थितिमा केही समयसम्म उपेन्द्र यादवको विकल्प देखिदैन ।
तर, उसले मधेसी पाराबाट बढी प्रजातान्त्रिक रुपान्तरण हुँदै जानुपर्ने आवश्यकता देखिन्छ । छिटो विधान अधिवेशन सम्पन्न गरी पार्टी र कार्यकर्तालाई उर्जा दिन महाधिवेशन गर्न बाहेक अर्को बाटो छैन ।
विधानमा हरेक पदमा निर्वाचित हुने व्यवस्था गर्नुपर्दछ र त्यही लोकतान्त्रिक प्रणाली हो । यसको लागि पार्टीको हरेक कार्यकर्ता तयारी अवस्थामा रहनुपर्दछ ।
जुद्ध ढाक्रे पनि काम भन्दा हल्ला धेरै गर्ने व्यक्ति रहेछ।
किराँत राष्ट्रीय समितिको नेतृत्व गरेर आन्दोलको के हालात बनाएँ।
त्यो सवैले मूल्याङ्कन गरेका छन्।
जे जति समेटिएका छन तीनको राम्रो बिष्लेषण र स्पस्ट सुझाब सहित भएकोले शिर्ष नेतृत्वले गम्भीरताकासाथ ग्रहण गरोस। सबै कामकुरो पारदर्शी, स्थापित बिधि र प्रकृया अनुसार हरेक तहका समिती एबं नेतृत्वले पालन नगरुन्जेल शिर्ष नेतृत्वहरु स्वैच्छाचारी हुने र अन्यनेता कार्यकर्ताहरु दास मनोबृत्तिको शिकार हुने छ। बिधान सभा र अधिबेशन गर्न जति ढिलाइ हुँदै जान्छ त्यतिनै नेता कार्यकर्ता जनतामुखी होइन नेतामुखी हुँदै नेताहरु आसेपासेका चंगुलमा फस्दै जाने र त्यसैमा रम्ने चरित्र बिकाश हुने छ। अधिबेशनबाट नेतृत्व चयन नहुन्जेल बिबेकपूर्ण ढङ्गले क्षमता अनुसार जिम्मेबारी दिने, परिणाममुखी भै जिम्मेबारी बहन गरेको छ छैन अनुगमन गर्ने र सहजीकरण गर्ने र आवश्यकता अनुसार जिम्मेबारी पनि हेरफेर गर्न ढिलाइ गर्नु हुँदैन। महत्वपूर्ण जिम्मेबारी पाएकाहरुको कार्यक्षमता र निष्ठा संबन्धी सिकायत वा समस्याहरु नेतृत्वले गम्भीरतापूर्बक ग्रहण नगर्ने र समयमानै आवश्यक निर्णय दिन नसक्नु वा अनिर्णयको बन्दी हुने जस्ता समस्याहरुले पार्टी बिस्तार, सुधृढीकरण र पार्टीलाइ जनतासंग जोड्ने कुरामा गतिरोध भैरहेको छ।
पार्टी प्रति इमान्दार कार्यकता को आवाज आयो जस्तो लग्यो।
प्रतिक्रिया दिनु हुने सबैलाइ धन्यवाद। खखुरा जीले दिएको प्रतिक्रियामा मलाइ केही भन्नू छ त्यो के हो भने उहाले किरात राष्ट्रीय समितिको बारेमा केही भन्नू भएकोछ त्यस बारेमा खखुरा जीलाइ केही थाह रहेन छ। म किरात राष्ट्रीय समितिको अध्यक्ष हुदा कोभिडको कारणले दुई पटक लक डाउन मुलुकले झेल्नु पर्यो त्यो दिनको सुर्य झै छर्लङ्ग छ। पार्टीको त के ससारका सरकारहरु लक डाउन गरेर बस्न परेको थियो। अर्कोपाटा पार्टीमा केही समस्यहरु पनि थिए। ती समस्यहरुलाइ सुल्झाउदै निर्बिबाद र निस्पक्ष रुपमा पार्टीको बृहत्तरहित हितहुने गरि समायोजन र नेतृत्व हस्तान्तरण सफल रुपमा मैले नै गरेको हु। त्यसको प्रमाण कागजातहरु किरात राष्ट्रीय समितिमा,१ नम्बर प्रदेश समितिमा र पार्टीको प्रधान कार्यलयमा सुरक्षीत रहेको छ। जहासम्म हल्लाको आरोप खखुरा जेले मलाइ लगाएका छन। मैले कुनै हल्ला गर्न आबस्यक्ता छैन। गरेको काम डङ्का पिटेर गर्न सक्छु। जति लेखेको छु मैले गरे कै कामको बारेमा लेखेको छु। खखुरा जी पार्टीको कुन समितिमा छन कि छैनन। त्यसै पनि उनको छद्मभेसी नाम छ त्यसैले म उनलाइ चिन्दिन। पार्टीको समितिमा रहेछन भने उनले आजसम्म कति काम गरेका छन त्यसको पनि लेखाजोखा भै हाल्छ। पार्टीको समितिमा छैनन भने त झन के कुरा भयो र।