जसपा नेता हेमराजले दिए राजीनामा, एमालेमा प्रवेश गर्ने तयारी

जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य हेमराज राई नेकपा एमालेमै फर्किने भएका छन् । उनले आज पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामापत्र बुझाएका छन् ।

उनी जसपाका केही केन्द्रीय सदस्य समेतलाई लिएर एमालेमा जाने तयारी गरेको स्रोतले जनाएको छ ।

उनीसँगै एमालेमा जाने जसपा केन्द्रीय सदस्यहरुमा भुराज राई, चन्द्रविक्रम राई लगायतको नाम चर्चामा छ । भूराज राई हेमराजको आफ्नै भाइ हुन् भने उनीहरु तीनैजना भोजपुर पुर्ख्याैली घर भएका नेता हुन् ।

स्रोतका अनुसार हेमराज राई पछिल्लो समय पहिचान र संघीयताको विरुद्धमा तर्क गर्न थालेका थिए । पहिचानको राजनीतिले देशमा साम्प्रदायिक द्वन्द्व निम्त्याउने उनको तर्क रहेको स्रोत बताउँछन् ।

तर पहिचानमा आधारित संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी र संघीय समाजवादलाई समेटेर जसपाको घोषणापत्र दस्तावेज लेख्ने एक व्यक्तिमा हेमराज पनि पर्छन् ।

स्रोतका अनुसार हेमराज राई पछिल्लो समय पहिचान र संघीयताको विरुद्धमा तर्क गर्न थालेका थिए ।

हाल उनले पहिचान र संघीयताविरोधी मानिने केपी शर्मा ओलीकै कार्यकर्ता बन्ने तयारी गरेका छन् ।

यसबारे बुझ्नका लागि फोन सम्पर्क गर्दा उनले रिसिभ गरेनन् ।

चन्द्रविक्रम राईले भने आफूले जसपा छोड्न लागेको तर एमालेमा जाने कि के गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको प्रतिक्रिया दिए ।

हेमराज राईको नेतृत्वमा जसपा संघीय परिषद् सदस्य रहेका संखुवासभाका एक नेता पनि एमालेमा जाँदैछन् ।

करिब एक वर्षदेखि नै जसपा छोड्न खोजेका हेमराज राई पार्टीबाट डा. बाबुराम भट्टराई अलग भएपछि आफू पनि पार्टी छोड्ने निर्णयमा पुगेका हुन् ।

हेमराजको बहिर्गमनले पहाडी क्षेत्रमा जसपालाई ठूलो धक्का लाग्ने छ । जसपालाई प्रदेश १ मा बाबुराम भट्टराईले छोड्दा भन्दा हेमराजले छोड्दा बढी क्षति हुनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

2 COMMENTS

  1. शुभकामना छ नेता ज्यूहरुलाई,
    तर याे देशकाे एकल नसिलिय शासनको विरुद्धमा अावजहरु उठाउन लगाउने नेतागणहरु अनि पहिचानकाे पक्षमा बाेलिरहने कसम त हजुरहरुले पटक पटक पार्टी कार्यलयमा प्रशिक्षण दिईकाे कानमा गुन्जिरहेकाे छ तर राजनीतिले छाेएकाे र राजनीलाई जनता सम्म पुर्याउने नेताकाे जमत भाेजपुर जिल्लामा देखिन्छ। भने छिटै नीति र कार्यदिशामा विचलित हुने नेताकाे समूह पनि भाेजपुरमा देखिन्छ । सलाम छ नेता ज्यू जसपा पार्टीबाट राष्ट्रिय सभामा अल्पसंख्यककाे पगरी गुठ्नु भाे अब अउने प्रदेश र राष्ट्रिय सभाकाे चुनावमा सिमानतकृतकाे उपादि पाउनु हाेला शुभकामना छ।

  2. राजनीति अलिक अप्थेरो अप्थेरो बिसय रहेछ । बुढेसकालका पाका अभिभाबक ज्यु हरुले समेत बुझिनसकेका भने हामी आलाकाचा हरुले के बुझिन्थ्यो र ????

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्