डा. बाबुराम भट्टराई पक्षका नेता डम्बर खतिवडाले भट्टराईले हालै गठन गरेको ‘नेपाल समाजवादी पार्टी’ आगामी मंसिरपछि नै तितरबितर हुने बताएका छन् ।

नेपाल समाजवादी पार्टीको कुनै समितिमा नबसेका खतिवडाले आफू उक्त पार्टीको सदस्यमात्रै भएको बताए ।

भट्टराईले जनता समाजवादी पार्टीबाट अलग हुन छुट्टै भेला आयोजना गर्ने लगायत गतिविधि गर्दा त्यसको विरोधमा रहे पनि खतिवडा बाध्य भएर भट्टराईकै पक्षमा हिडेका थिए ।

आफूले भट्टराईसँग ८ वर्ष सहकार्य गरेकोले हालै नेपाल समाजवादी पार्टी गठनको सन्दर्भमा आफ्नाे बुझाइ र अडान प्रष्ट पार्नु आफ्नाे अधिकार र कर्तव्य रहेको भन्दै खतिवडाले आज फेसबुकमा स्टाटस राखेका हुन् ।

जसमा उनले भट्टराई अहिले ठूलो दुविधामा रहेको र आगामी मंसिरपछि नै पार्टी तितरबितर हुन सक्ने उल्लेख गरेका हुन् ।

यस्तो छ उनको स्टाटसः