सुनसरी-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम, पछ्याउँदै जसपा

सुनसरी क्षेत्र नं १ मा प्रतिनिधिसभाको प्रत्यक्षतर्फकाे मत गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता कायम राखेको छ ।

यस क्षेत्रका २७ वटा वडामध्ये धरान उपमहानगरपालिकाको वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १० र १२ को गणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङ (शरिन तामाङ) ले कूल ४६५० मत प्राप्त गरेकी छन् ।

वडा नं ७ सम्मको मत गणनामा तेस्रो रहेको राष्ट्रिय स्वतन्त्र पार्टी वडा नं ८ देखि पहिलो स्थानमा आएको हो ।
बिहीबार बिहान ६ बजेसम्मको मत परिणाममा पनि यो पार्टीले अग्रता कायम गरेको छ ।

दोस्रो स्थानमा जनता समाजवादी पार्टी नेपालका अशोक कुमार राई उक्लिएका छन् । उनले ४२३६ मत पाएका छन् ।

बुधबारसम्म दोस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बा ४१८३ मत ल्याएर तेस्रो स्थानमा झरेका छन् ।

नेकपा एमाले परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका मनोज कुमार मेन्याङ्बोले ३४२६ ल्याएका छन् ।

जसपाका उम्मेदवार अशोक कुमार राई जसपा–एमालेका साझा उम्मेदवार हुन् भने माओवादीका सुब्बा कांग्रेस–माओवादी–नेकपा एस सम्मिलित गठबन्धनका उम्मेदवार हुन् ।

निर्वाचन आयोगका अनुसार बिहीबार विहानसम्म २४ हजार ५१२ मत गणना भएको हो । यस क्षेत्रमा ७८ हजार ९४३ मत खसेको आयोगले जनाएको छ ।

धरानको भोटेपुलस्थित सभागृहमा मत गणना जारी छ । तर मत गणना ढिलो गतिमा भइरहेको छ ।

सुनसरी क्षेत्र नं १ का निर्वाचन अधिकृत रुद्र दाहालले बिचबिचमा ससानो विवादहरु उत्पन्न हुँदा मत गणना ढिलो भइरहेको बताए ।

साल्पा अनलाइनसँग उनले भने, ‘मत गणना अफै पाँच सात दिन लाग्न सक्छ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्