काठमाडौं । पूर्वमन्त्री गोपाल किरातीले किरात येले सम्वत् ५०८३ तथा यलम्बर दिवसको अवसर पारी किरात देश जागरण अभियान सुरु गरेका छन् ।
उनले माघ १ गते सुनुवार सेवा समाजको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी अभियान सुरु गरेका हुन् ।
सो क्रममा उनले शासक दलहरुले प्रदेश नं १ लाई किरात प्रदेश नामकरण गर्न अस्वीकार गरेको भन्दै अब किरात देश निर्माणको अभियानमा लागेको बताए ।
उनले भने, ‘धेरै साथीहरुले फोनबाट भेटेर पनि प्रदेश नामकरणको पहिचानको आन्दोलनमा राजनीतिक नेतृत्व भएन तपाईंले गरिदिनुपर्यो भन्नुभयो । अब कसरी गर्ने होला भनेर सोच्दै आउँदा २०७९ साल भदौकाे सुरुवाततिर प्रदेश भनेर भएन अब देश खोज्नुपर्छ भन्ने सोचाइमा पुग्यौँ ।’
पूर्वमाओवादी नेतासमेत रहेका किरातीले अब हरेक माघ १ गते गोरु काटेर प्रथम किरात राजा यलम्बरको दिवस मनाउन हजारौं किरातीहरु तयार हुनुपर्ने पनि बताए ।
बाँकी भिडियोमाः