सरकारी वेबसाइट फ्रान्स, जर्मनी, इटलीबाट साइबर आक्रमणको पुष्टि

काठमाडाैं । नेपालका सरकारी वेबसाइटहरुमाथि फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट साइबर आक्रमण भएको पुष्टि भएको छ ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का अनुसार फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट डीएनएस तहको आक्रमण ‘डिडक्स अट्याक’ भएको हाे ।

जसका कारण शनिबार एक्कासी करिब ५ घण्टासम्म सरकारी वेबसाइटहरु डाउन भएका थिए । सरकारी वेबसाइट डाउन हुँदा सेवाग्राही मारमा परेका थिए ।

साइबर आक्रमणबाट सर्भरमा भने कुनै क्षति भएको छैन ।

केही घण्टा जीओभी डट कम डट एनपी डोमेनका सरकारी साइटमा सेवा अवरुद्ध भएको थियाे ।

शनिबार दिउँसो करिब १२:३० बजेदेखि अवरुद्ध रहेका सरकारी वेबसाइट ४:३० बजे केही मिनेट सञ्चालनमा आए पनि पुनः अवरुद्ध भएका थिए ।

त्यसपछि बेलुका करिब ५:३० बजेदेखि मात्र अधिकांश वेबसाइट सञ्चालनमा आएका थिए ।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का सहायक निर्देशक तथा सूचना अधिकारी रमेश पोखरेलले भने, ‘यस्तो आक्रमण संसारभर नै आएको हो । एसियाको १० प्रतिशत साइबर आक्रमण नेपालमा आइरहेको तथ्याङ्कले देखाउँछ । विश्वमा प्रयोगमा रहेका नयाँ प्रविधि, फायरवाल र सफ्टवेयर एप्लिकेसनको प्रयोग गर्ने विषयमा छलफल भइरहेको छ । सर्भरको सुरक्षा प्रणाली अझ मजबुत बनाउनेतर्फ लागिरहेका छौँ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्