प्रदेश माग्दा दिएनौं, अब देश माग्न थाल्छौंः आङकाजी शेर्पा

विराटनगर । आदिवासी नेता आङकाजी शेर्पाले पहिचानसहितको प्रदेश माग्दा नदिने हो भने अब देश माग्न सुरु गर्ने चेतावनी दिएका छन् ।

कोशी प्रदेश नाम खारेज गर्न माग गर्दै आइतबार विराटनगरमा आयोजना गरिएको विराेधसभामा उनले भने, ‘हामीले मागेको पहिचान हो । पहिचान दिन तपाईंहरुलाई गाह्रो पर्छ भने हामी पहिचानको प्रदेश होइन, देश माग्न सुरु गर्छौं ।’

आन्दोलनकारीहरुमाथि प्रहरीले दमन गरेकोमा आक्रोश व्यक्त गर्दै उनले भने, ‘आज हामीमाथि जुन खालको प्रहरी दमन भयो । हामीमाथि इटा प्रहार गर्ने प्रहरीमाथि हामीले ढुंगा प्रहार गर्न जानेको छ । अर्कोचोटि हाम्रो खल्तीमा ढुंगा हुनेछ ।’

उनले पहिचानसहितको प्रदेश माग्दा आफूहरुले आन्दोलनकारी ल्याएको तर देश माग्ने बेला बेलायतमा रहेका सारा गोर्खाली सेनाहरु लड्न आउने बताए ।

उनले भारतमा जवाहरलाल नेहरुले पाकिस्तान र बंगलादेशीहरुलाई प्रदेश माग्दा नदिएपछि भारत टुक्रिएको उदाहरण प्रस्तुत गर्दै नेपालका शासकहरुले पनि त्यस्तै चाहेको हो भने त्यो इच्छा आफूहरुले पूरा गरिदिने बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. सही हो छुत्तैइ देश माग्ने होइन अव खोसेर आँफैइ बनाउ नु पर्दछ । चन्दने र कन्दनए हरुलाई कोशी होइन अब काशी धपाउनु पर्दछ । अती भयो सहने को पनि सिमा हुन्छ । त्यसो नगरि आदिवासी हरुको वविस्य छैन नेपाल मा ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्