महेन्द्र बहुमुखी क्याम्पस धरानको सभापतिमा समाजवादी विद्यार्थी युनियनका युवराज राई निर्वाचित

धरान । महेन्द्र बहुमुखी क्याम्पस धरानको सभापतिमा समाजवादी विद्यार्थी युनियनका उम्मेदवार युवराज राई निर्वाचित भएका छन् ।

उनले ८२४ मत प्राप्त गरेका छन् ।

नेविसंघ र अनेरास्ववियुका उम्मेदवारहरुले क्रमशः ७२४ र ४४० मत प्राप्त गरे ।

महेन्द्र बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनले दोस्रो पटक पनि विजय प्राप्त गरेको हो ।

अघिल्लो स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थी युनियनका सागर चेम्जोङ सभापतिमा निर्वाचित भएका थिए ।

समाजवादी विद्यार्थी युनियन जनता समाजवादी पार्टी नेपालको विद्यार्थी संगठन हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्