कोशी प्रदेशविरुद्धको आन्दोलनमा झडप, १३ जना आन्दोलनकारी घाइते

विराटनगर । कोशी प्रदेशविरुद्धको आन्दोलनका क्रममा आन्दोलनकारी र प्रहरीबिच झडप भएको छ ।

‘प्रदेश नं १ पुनः नामकरण संयुक्त संघर्ष समिति’ले मंगलबार विराटनगरमा आयोजना गरेको प्रदर्शनमा आन्दोलनकारी र प्रहरीको बिचमा झडप भएको हो ।

आन्दोलनकारीहरुलाई रोक्न प्रहरीले लाठीचार्जसहित पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।

जसबाट १३ जना आन्दोलनकारी घाइते भएको जसपाका नेता जेन्टल लावतीले जानकारी दिए ।

घाइते हुनेहरुः

१. एनके दर्नाल, धरान-५
२. शिव आङ्देम्बे, धरान-१६
३. उदय नेम्बाङ, माङ्सेबुङ-३
४. ज्ञानप्रसाद राई, धरान-११
५. सुरज राई, ग्रामथान गापा-६, मोरङ
६. सरोज लिम्बू, इटहरी तरहरा
७. अशोक राई, धरान-१८
८. पदम लिम्बू, इटहरी-५
९. विशाल राई, धरान
१०. रेशम राई, तरहरा
११. रोयल राई इटहरी-५
१२. बिमल किराती, इटहरी-८
१३. आस्था राई, धरान-१२ ।

उनीहरुको विराटनगरको पारस अस्पतालमा उपचार भइरहेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्