पक्राउ परेको दुई घण्टामै खाेटाङका आन्दोलनकारी रिहा

खोटाङ । कोशी प्रदेश नाममा भोट हालेको भन्दै प्रदेश सांसद पिके राईमाथि मोसो हानेपछि पक्राउ परेका किरात राई यायोक्खा खोटाङका अध्यक्ष युगसन किरातसहित चारै जना दुई घण्टापछि रिहा भएका छन् ।

नेकपा एमालेका नेतासमेत रहेका सांसद राईमाथि शनिबार खोटाङको दिक्तेलमा आयोजित कार्यक्रमस्थलमै मोसो हान्ने, कालो झन्डा देखाउने र नाराबाजी गर्ने कार्य गरेपछि यायोक्खा अध्यक्ष किरातसहित सुनिल चाम्लिङ, सप्तमणि राई र डार्बिन राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

युगसन किरातले आफूहरु दुई घण्टापछि बिनासर्त रिहाइ भएको भन्दै सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन् ।

उनले नागरिक समाज खोटाङका अगुवा सुर्य राई लगायतको पहलमा आफूहरु रिहा भएको जनाएका छन् ।

प्रदेश नं १ लाई कोशी प्रदेश नामकरण गरिएपछि हाल प्रदेशभरि नै सो नाम खारेज गरी पहिचानको आधारमा राख्न माग गर्दै आन्दोलन चलिरहेको छ ।

शनिबार सोही आन्दोलन अनुरुप सांसद राईमाथि मोसो हानिएको थियो ।

जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको कार्यक्रममा मञ्चमा रहेका सांसद राईलाई परैबाट मोसो हानिएको थियो । आप्mनो अनुहारमा मोसो लागेपछि उनले पुच्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्