पाठ्यक्रममै खाद्य र पोषण शिक्षा राख्नुपर्छः मन्त्री भुसाल

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले खाद्य र पोषण शिक्षामा जोड दिइने बताएका छन् ।

बिहीबार काठमाडौँमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले भने, ‘अधिकांशलाई के खान राम्रो हुन्छ, के खान राम्रो हुँदैन थाहै छैन । अब पाठ्यक्रममै खाद्य र पोषण शिक्षा राख्नुपर्छ ।’

खाद्य र पोषण शिक्षालाई पाठ्यक्रममा राख्नेबारे आफूले आफ्नो तहबाट छलफल अगाडि बढाएको समेत मन्त्री भुसालले बताए ।

उनले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन बनेको लामो समय हुँदा समेत नियमावली बन्न नसकेको तितो यथार्थ सुनाए ।

‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन बनेको धेरै भयो । नियमावली बल्ल बन्दैछ । बर्षौसम्म कानुन बन्न नसक्नु राम्रो होइन, यसलाई अगाडि बढाउन जरुरी छ,’ उनले भने ।

मन्त्री भुसालले खाद्य स्वच्छता तथा गुणस्तर विधेयक चाडै पारित गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रियसभाबाट यो विधियेक स्वीकृत भइसकेको र प्रतिनिधिसभामा रोकिन पुगेको भन्दै यसलाई तत्कालै अगाडि बढाउनुपर्नेमा उनकाे जाेड छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्