काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले कानुन व्यवसायी भगवती पाण्डेको अभिव्यक्ति संविधानको मर्म र भावना विपरीत रहनुका साथै सामाजिक सद्भाव खलबलिने खालको भएको बताएका छन् ।
मन्त्री श्रेष्ठले पाण्डेको अभिव्यक्तिले तामाङ जाति र समुदायमाथि ठाडो प्रहार भएको र यस्तो प्रहारले सामाजिक सद्भाव खलबलिने र हिंसाको बिजारोपण हुन सक्ने भएकाले समयमै आफ्नाे अभिव्यक्ति सच्याउन आग्रह गरेका छन् ।
पाण्डेले एक टेलिभिजन अन्तर्वार्तामा ‘तामाङ समुदायमा दाजुबहिनीबीचमै बिहे हुने रहेछ, त्यसको जेनेटिक कारणले गर्दा अपराधिक मानसिकता भएकाहरु निस्कन्छन्’ भन्ने आशयको अभिव्यक्ति दिएकी थिइन् ।
उनको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङलगायत जनजातिजन्य संघ-संस्थाका प्रतिनिधिहरुले गम्भीर चासोको रुपमा लिएका छन् ।
मन्त्री श्रेष्ठले आज सामाजिक सञ्जालमा पाण्डेको अभिव्यक्ति नेपालको संविधानको मूल मर्म र भावना विपरीत रहेको समेत उल्लेख गरेका छन् ।
terima baauni tehi vaera holaa timiharu sabai balatkaari, vrastachhari ,sapradaaik , sakirna soch manasikta vaeko dhotiko dan na paryo lutera jamat nepal bhumi chhire dekhi sadahi asant vayo kasari iniharulaaii laat hanera kassi puraunu parchha sochdai chhau .