भ्रष्टाचारविरुद्धकाे प्रचण्ड अभियानमा कोही प्रतिपक्षी नबनौंः मन्त्री किराती

अबकाे युग संमृद्धिको युग भएकोले भ्रष्टाचारविरुद्धको महाअभियानमा सबै एक ठाउँमा उभिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आग्रह गरेका छन् ।

मन्त्री किरातीले शनिबार पौवादुङ्मा सेवा समाजद्वारा ललितपुरमा आयोजित कार्यक्रममा यस्ताे आग्रह गरेका हुन् ।

सामुहिकता नेपाली समाजको रैथाने संस्कृति भएको भन्दै सामुहिक प्रयत्नद्वारा मात्रै भ्रष्टाचारलाई परास्त गर्न सकिने उनले बताए ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको अभियानमा गृहमन्त्रीकाे साहसलाई पनि सबैले सम्मान गर्नुपर्ने उनकाे भनाइ छ ।

उनले भने, ‘सामुहिकता नेपाली संस्कृति हो । हामी मिलेर नै राणा शासनकाे अन्त्य गरेको हो, पञ्चायत र राजतन्त्रको अन्त्यका लागि पनि मिलेर नै लडेका हौं । म त भन्छु राष्ट्रिय सहमति गरेर अगाडि बढौं । अब पनि देश विकासका लागि पार्टीगत हिसाबले विभाजित हुने हो भने भावी पुस्ताकाे निम्ति त्यो महंगो पर्नेछ ।’

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्