केही पत्रकारहरु मेरो अभियानको विरुद्धमा रहेछन्ः मेयर साम्पाङ

धरान उपमहानगरका मेयर हर्क साम्पाङले केही पत्रकारहरु आफ्नाे अभियानको विरुद्धमा रहेको उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा छाइरहने मेयर साम्पाङले आइतबार फेसबुकमा विधिको शासन कायम गरेरै छोड्ने घोषणा समेत गरेका छन् ।

‘आफूलाई प्रश्न सोधेको अभियोगमा धरान–१५ का अशोक लिम्बुलाई पक्राउ गराएको’ भनी केही पत्रकारले समाचार लेखेपछि मेयर साम्पाङले ती पत्रकारहरु आफ्नाे अभियानको विरुद्धमा रहेको उल्लेख गरेका हुन् ।

लिम्बु पक्राउ पर्नु अगाडि के के भएको थियो ? भन्ने अहिलेसम्म वास्तविकता आएको छैन ।

डेंगुको लार्भा मार्ने अभियान चलिरहेको बेला एक भिडियोमा लिम्बु र मेयर साम्पाङबीच वाकयुद्ध भएको देखिन्छ ।

‘तिमी चुप लाग भाइ’ भनेर मेयरले भन्छन् भने लिम्बुले ‘तपाईं जसरी बोल्नुहुन्छ म त्यसरी नै बोल्छु’ भनेको सुनिन्छ ।

मेयर साम्पाङमा गलत नियत नभए पनि उनी हठी स्वभाव भएकाे व्यक्तिकाे रुपमा चिनिएका छन् । उनकाे यही शैलीको आलोचना हुने गरेको छ ।

तर, मेयरलाई प्रश्न गर्ने लिम्बुले पनि स्थानीय सरकारको प्रमुखको हैसियतमा रहेका व्यक्तिलाई सम्मान गरेको देखिँदैन ।

यद्दपि, भिडियोमा देखिएको जति भनाभन हुँदैमा लिम्बुलाई पक्राउ गर्नुपर्ने अवस्था चाहिँ ठहर हुँदैन ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्