राज्यकाे ढुकुटी सिध्याउनेहरु हुनेखानेहरु नै हुन्छन्

चन्द्रप्रकाश बानियाँ

सबाल प्रमाणको मात्रै होला त ?

समाज वर्गीय हुन्छ । सामाजिक प्रशासनिक संस्था उच्च वर्गकै नियन्त्रणमा हुन्छन् । भुसुनाहरुको पहुँच त्यहाँसम्म कदापि हुन सक्दैन । स्वभावत: राज्यको ढुकुटी सिध्याउने, भ्रष्टाचार र अनिमियतता गर्ने हुनेखानेहरु नै हुन्छन् । त्यसैले अदालतहरुले आजको जस्तो फैसला गर्छन् ।

अलिकता स्पष्ट गरौं,

बाबुलाई जेल कोचेर राजा हुने त राजाहरुले मात्र हो । दिपेन्द्रले मारे पनि मारे, पारसहरुले मारे पनि मारे, त्यो विरेन्द्रको गद्दी हत्याउने खेल थियो ।

जङ्गलमा पनि बाघहरु एक्लै बस्छन् । मृगहरु आ-आफ्नै झुण्डमा बस्छन् । जातले मृग नै भए पनि जरायो र कृष्णसारहरु एकैठाउँ बस्दैनन् ।

गैडा र हात्तीको लडाइँ पर्‍यो भने हात्तीहरुले हात्तीकै र गैडाहरुले गैडाकै पक्ष लिन्छन् । आपसमा मिल्ती नभए पनि हात्तीले गैडालाई र गैडाले हात्तीलाई सघाउँदैनन् ।

राजाहरु र भारदारहरुमा एउटा फरक चरित्र हुन्छ । राजद्दीमा हक-भोग नलाग्ने सामन्तहरु सबैले आफन्त, सगोत्री, नाता-गोता र सवर्गीहरुको रक्षा गर्छन् । त्यसैले अदालतहरुले आजको जस्तो फैसला दिन्छन् ।

फरक विचार राख्ने स्वतन्त्रता सबैलाई छ ।

(बानियाँकाे फेसबुकबाट)

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्