शासकीय स्वरुप परिवर्तन नगरेसम्म देशमा स्थायित्व शान्ति र समृद्धि सम्भव छैन

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले राज्यको पुनर्संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म देशमा राजनीतिक स्थायित्व, शान्ति र समृद्धि सम्भव नहुने बताएका छन् ।

नेपाल एफएम नेटवर्कले बागमती प्रदेशको राजधानी हेटौँडामा सोमबार गरेको अन्तरसरकारी सम्बन्ध र संसद विषयको सम्वाद कार्यशालामा बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री श्रेष्ठले याे कुरा बताएका हुन् ।

उनले हिजाे संघीयताकाे लागि लडेकाे नेताले नेतृत्वकाे गरेकाे वर्तमान सरकार संघीयताकाे मर्म अनुसार चल्न नसकेकाे आरोप पनि लगाए ।

‘राज्यको पुनर्संरचना, शासकीय स्वरुप परिवर्तन र अहिलेको निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म राजनीतिक स्थायित्व, शान्ती र समृद्धि सम्भव छैन । संघीय संरचना भनेको एक स्थानमा केन्द्रित राज्यशक्तिको बाँटफाँड र सो अनुसारको राज्यशक्ति संघीय इकाइहरूमा स्थायी रूपमा हस्तान्तरण गर्नु हो,’ उनले भने, ‘संघीयता भनेको विकेन्द्रकरण मात्र होइन, संघीयता र विकेन्द्रीकरण फरक हो । त्यसलाई स्थापित गर्न तीन तहबीच समन्वय आवश्यक छ, संसदले भूमिका खेल्नुपर्छ ।’

मन्त्री श्रेष्ठले संविधान कार्यान्वयन गर्न संविधानको स्प्रिट अनुसार नेपाल सरकारले आवश्यक ऐन, कानुनहरु बनाउनुपर्ने, पुराना ऐन, कानुनलाई समयानुकूल परिमार्जन गर्नुपर्ने, बनेका ऐन कानुनहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

1 COMMENT

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img