झापामा १५ सय १ सदस्यीय पहिचानको लागि युवा दस्ता गठन

एक लाख दस्ता बनाइने

झापामा सामी पालुङ्वा लिम्बुको संयोजकत्वमा १५ सय १ सदस्यीय ‘पहिचानको लागि युवा, झापा जिल्ला’ गठन गरिएको छ ।

शनिबार झापाकाे विर्तामोडमा एक कार्यक्रमको आयोजना गरी पालुङ्वाकाे संयोजकत्वमा युवा दस्ता गठन गरिएको हो ।

सो क्रममा उनीहरुले ‘पहिचानको लागि युवा’ लेखिएको सेतो टिसर्ट लगाएर हातमा लठ्ठी बोकेर सिटि सेन्टरदेखि मुर्तीचोक हुँदै अदुवा खोलासम्म मार्चपास पनि गरे ।

अदुवा खोलामा कोणसभा गरिएको थियो ।

जसमा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीम पुमा राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नेता सन्जुहाङ पालुङ्वा, नागरिक उन्मुक्ति पार्टीका दिलकुमार लावती, किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष गोविन्द आङ्बुहाङ, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राई, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष युवराज जिरेल, नेपाल शेर्पा संघका महासचिव ग्याल्जे शेर्पा लगायतले सम्बोधन गरेका थिए ।

एक लाख दस्ता बनाइने

पहिचानको लागि युवा दस्ताका केन्द्रीय संयोजक भीम राईले देशभर १ लाख युवा दस्ता निर्माण गर्ने लक्ष्य रहेको बताए ।

उनले चाडै धनकुटा, सोलुखुम्बु, पाँचथर र खोटाङमा पनि पहिचानको लागि युवा दस्ता घोषणा गरिने बताए ।

युवाहरुले लठ्ठी बोकेर मार्चपास गरेकाेमा उनले भने, ‘हामी शान्तिपूर्ण आन्दोलनमा छौं, राज्यले हामीलाई पेल्ने कोसिस नगरोस् भन्ने सन्देश दिन खोजेका हौं ।’

उनका अनुसार आगामी असोज २ गते प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिको आयोजनामा प्रदेशसभा घेराउ गरिने छ ।

उक्त दिन इटहरीदेखि विराटनगरसम्म मोटरसाइकल र्याली निकालिने छ । जसका लागि १८ सय भन्दा बढी मोटरसाइकल तयारी गरिएको संयोजक राईले बताए ।

शनिबारको कार्यक्रम प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति झापा जिल्लाका संयोजक पाण्डवलाल चौधरीको सभापतित्वमा भएको हो ।

काेणसभा

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्