खोटाङमा मंगोल नेसनल अर्गनाइजेसनका कार्यकर्ताहरुले सांस्कृतिक क्रान्ति भन्दै गोरु काटेर सामूहिक भोजन गरेका छन् ।
उनीहरुले सोमबार (आज) दिक्तेल रुपाकोट मझुवागढी नगरमा गोरु काटेर खाएका हुन् ।
मंगोलका कार्यकर्ताहरुले यसअघि झापा लगायत अन्य जिल्लामा पनि गोरु काटेर सामूहिक भोजन गरेका थिए ।
उनीहरुले विभिन्न जिल्लामा सांस्कृतिक क्रान्तिको रुपमा गोरु काटेर खाने अभियान चलाउने भनेर पहिल्यै घोषणा गरेका थिए ।
गोरु/गाई काटेर खाएको आरोपमा राज्यले मानिसहरुलाई पक्राउ गरी कारबाही गर्ने कार्य तीव्र पारेपछि सोको प्रतिरोधमा जम्मा भएर गोरु काटेर खाने अभियान मंगोलका कार्यकर्ताहरुले चलाएका हुन् ।
गत महिना धरानमा सांस्कृतिक अभियान्ताहरुले गोरु काटेर सामूहिक भोजन गरेका थिए ।