दसैँ याक्थुङ लिम्बुहरुको ठुलो क्यान्सर हाे

किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले दसैँ याक्थुङ लिम्बुहरुको लागि ठुलो क्यान्सर रहेको बताएका छन् ।

तर हाल क्यान्सर पत्ता लागिसकेकोले अब त्यसको औषधी-उपचार गर्नेतिर लाग्नुपर्ने उनले बताए ।

‘लिम्बुवानमा दसैँको दमन र गोर्खा सैनिकभित्र दसैँ’ शीर्षकमा आयोजित भर्चुअल कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

उनले लिम्बुहरुले दसैँको विकल्प खोज्न नहुने बताए ।

विकल्पको रुपमा चासोक तङनाम आइसकेकोले त्यसैलाई नै विकल्प लिन सकिने उनले बताए ।

‘चासोक एउटा विकल्प भइसकेको छ,’ उनले भने, ‘विकल्पको रुपमा हाम्रो चाडलाई नै व्यापक रुपमा मानेर जाऔँ ।’

उनले दसैँ हाम्रो चाड होइन भन्ने कुरा अब लिम्बु समुदायमा प्रष्ट भइसकेको बताए ।

उनले अब आउन लागेको बलिहाङ तङनाममा भाइटिका र लक्ष्मी पुजाबारे पनि बृहत चर्चा गरिने बताए ।

कार्यक्रममा विभिन्न विज्ञहरुले लिम्बुहरुको दसैँ चाड नभएकोबारे प्रष्ट पारेका थिए ।

अर्को वर्ष सरकारी कर्मचारीतन्त्र र सुरक्षा निकायमा कसरी दसैँलाई स्थापित गरियो भन्ने सन्दर्भमा चर्चा गरिने अध्यक्ष येक्तेनले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. Kirat religion does not belong to the Yakthungs either. Today’s mess will become tomorrow’s culture. Same goes to dashain. Just like religion, language is also a colonial tool. We Yakthungs have come to the alarming situation that we can neither communicate in Yakthung paan nor in English, but only khas nepali. I encourage our community to abandon speaking and writing in khas nepali language but it’s not possible. The Gorkha regime casts a huge shadow. It is almost impossible to escape the shadow.

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्