शिक्षामन्त्री अशोक राईकाे त्रिवि शिक्षण अस्पतालमा सफल अपरेशन

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष अशोक राईको कानको शल्यक्रिया गरिएको छ ।

काठमाडाैंकाे महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा साेमबार डा. रविन्द्रभक्त प्रधानाङ्ग नेतृत्वकाे टिमले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका नेता राईको सफल शल्यक्रिया गरेको हो ।

उनको देब्रे कानको शल्यक्रिया गरिएको हो ।

मन्त्री राईसँग तीन दिनसम्मका लागि कोहीसँग पनि भेटघाट नगराउन चिकित्सकहरुकाे सुझाव छ ।

मन्त्री राईकाे देब्रे कानले कम सुन्ने गरेकाे थियाे । उनले दाहिने कानबाट भने प्रष्ट सुन्ने गरेका छन् ।

मन्त्री राईले एक महिनासम्म पूरा आराम गर्नुपर्ने उनको सचिवालयले जनाएको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्