धर्मनिरपेक्षता र गणतन्त्रमाथि प्रहार गरिएकाेमा आदिवासीहरुकाे आपत्ति

पछिल्लो समय धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता र समावेशिताविरुद्ध कदम चालिएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ सहित १४ वटा आदिवासीजन्य संस्थाका प्रतिनिधिहरुले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन् ।

उनीहरुले २०६३/६३ को जनआन्दोलन, माओवादी जनयुद्ध, मधेस विद्रोह, आदिवासी जनजाति, महिला, दलित, खसआर्य तथा मुस्लिम समुदायले गरेको बलिदादीपूर्ण संघर्षबाट प्राप्त संविधान र संविधानमा व्यवस्था गरिएको धर्मनिरपेक्षता, गणतन्त्र, संघीयता र समावेशी लोकतान्त्रिक व्यवस्थाविरुद्ध पछिल्लो समय देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरुको मिलेमतोमा विभिन्न व्यक्ति र समूहरुले चालेको कदम बन्द गराउन सरकारसँग माग पनि गरेका छन् ।

देशी-विदेशी प्रतिक्रियावादी शक्तिहरुको मिलेमतोमा विभिन्न व्यक्ति र समूहरुले चालेको कदम बन्द गराउन सरकारसँग माग

उनीहरुले पहिचानको मुद्दा र उत्पीडित वर्ग र समुदायको समस्याहरुको सम्बोधन हुन नसकिरहेको वर्तमान परिस्थितिमा प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै मुलुकलाई उन्नत र इन्द्रेणी समाजतर्फ अघि बढाउनुपर्नेमा सामन्तवादी व्यवस्थाको प्रतिक राजा ल्याउनुपर्ने र मुलुकलाई हिन्दु राज्य बनाउनुपर्ने भन्दै देशका विभिन्न स्थानमा गरिएको गतिबिधि रोक्नुपर्ने उल्लेख गरेका छन् ।

पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा त्यस्ता गतिविधिहरुले सामाजिक सद्भाव भड्किने र जातीय धार्मिक द्वन्द्वतर्फ मुलुक जान सक्ने उल्लेख छ ।

आदिवासीजन्य संस्थाका प्रतिनिधिहरुले समाजमा सहअस्तित्व, समानता र सद्भाव कायम गर्दै विभिन्न स्थानमा प्रदेश स्तरीय गरिने भएकोले उपस्थित भइदिन न्यायप्रेमी जनतासँग अपिल समेत गरेका छन् ।

सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवारका अनुसार पहिलो चरणमा आगामी मंसिर २३ गते दाङको देउखुरीमा र मंसिर ३० गते काठमाडौंमा बृहत सभा गरिने छ ।

विज्ञप्तिमार्फत उनीहरुले काठमाडौंको शंखरापुर नगरपालिका–३ बाझेनीमा स्थानीय समुदायसँग सहमति नलिई सवस्टेशन निर्माण गर्ने नाममा तामाङ लगायत स्थानीय समुदायमाथि प्रहरी प्रशासनबाट दमन र धरपकड गरिएकोमा उक्त कार्य रोकेर उचित निकास खोज्न सरकारसँग माग गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. खाउ गुला तिमीहरु हनुमान हरु ,पहिचान को आन्दोलन हुँदा स्याल झैइ लुकेर बसेउ अहिले नाटक नगर । तिमीहरु सबै कोही केपी बाउन, माकुने बाउन ,प्रचन्ने बाउन्को गुप्ताचर ,गेत पाले कमार हरु हौ अहिले तिमीहरुलाई मालिकले चारो दिए न जस्तो छ भुक्दैइ छौ । नाटकऐ हो तिमीहरुको । भरिया हरु ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्