मधेस प्रदेशलाई आठ जिल्लामै सीमित गरियाेः उपेन्द्र यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आठ जिल्ला बाहेक मधेसका भूभागलाई अन्य प्रदेशमा गाभिएकाे बताएका छन् ।

उनले ती मधेसका भूभागकाे पनि मुक्ति हुनुपर्ने बताए ।

मधेस प्रदेश सरकारले बुधबार जनकपुरमा आयोजना गरेकाे मधेस स्वाभिमान दिवस -२०८० मा अध्यक्ष यादवले भने, ‘मधेश आन्दोलनको मक्सद स्वेत मधेश प्रदेश स्थापना गर्नु थियो, तर अझै पनि मधेशका भूभागलाई अन्य प्रदेशमा गाभिएको छ । आठ जिल्ला बाहेकका मधेशका भूभागको मुक्ति आवश्यक छ ।’

उनले मधेश प्रदेशलाई विगतमा टुक्रा–टुक्रा पार्न खोजेपछि मधेश आन्दोलन भएको बताए ।

उनले मधेश आन्दोलनको बेला पनि स्वायत्त मधेश प्रदेशसहितका अन्य प्रदेश हुने विषयमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सम्झौता भएको बताए ।

उनले संविधान जारी भएको आठ वर्ष बितिसक्दा पनि प्रदेशले अधिकार नपाउनु आफैमा दुःखद रहेको बताए ।

उनले भने, ‘सरकार आफ्नो भए पनि राज्य आफ्नो छैन । विना प्रहरी, विना कर्मचारी प्रदेशले जनताका लागि के गर्न सक्छ ?’

मधेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री मोहमद समिमको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, पूर्व मुख्यमन्त्री लालबाबु राउत, अर्थमन्त्री सञ्जयकुमार यादवसहितकाले मधेश प्रदेश स्थापना पहिचानको आधारमा भएको भन्दै संघीयतालाई सफल बनाउन मधेश प्रदेशको भूमिका महत्त्वपूर्ण रहने बताए ।

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img