विचार र एजेन्डा मिल्नेहरुसँग संवाद जारी राख्ने

नेपाल समाजवादी पार्टीले विचार र एजेन्डा मिल्ने दलहरुसँगको संवादलाई निरन्तरता दिने भएको छ ।

दुई दिनअघि काठमाडौंमा सम्पन्न नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकले उक्त निर्णय गरेको सो पार्टीका युवा नेता रुपनारायण श्रेष्ठले जनाए ।

बैठकले पार्टीको विधान संशोधन लगायत समसामयिक विषयमा पनि छलफल गरी निर्णय गरेको छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको यस पार्टी र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रबीच एकता गर्ने हल्ला धेरै पुरानो भएको छ ।

तर पनि दुई दलबीच हालसम्म एकता हुन सकिरहेको छ ।

नेपाल समाजवादीले अबको नयाँ शक्तिको रुपमा समाजवादी पार्टी निर्माण हुनुपर्नेमा जोड दिँदै आएको छ ।
डा. भट्टराईले जनता समाजवादी पार्टीबाट अलग भएर यो पार्टी खोलेका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्