ब्राम्हणवादी सत्ता अन्त्यका लागि तेस्रो जनआन्दोलनकाे तयारी

पूर्वमाओवादी नेता गोपाल किरातीले ब्राम्हणवादी सत्ताको अन्त्य र पहिचानसहित समाजवाद स्थापना गर्ने अभियान थालेका छन् ।

किरातीले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ब्राम्हणवादी सत्ताको अन्त्य र पहिचानसहित समाजवाद स्थापनाका लागि राजनीतिक ध्रुवीकरणका साथै तेस्रो जनआन्दोलनको तयारी गरिएको घोषणा गरे ।

‘जसरी २००७ सालको आन्दोलनले राणा शासनको अन्त्य गर्यो, २०४६ को जनआन्दोलनले निर्दलीय पञ्चायतको अन्त्य गर्यो, जनयुद्धको जगमा २०६२/६३ दोस्रो जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्यो, ठिक त्यसरी ब्राम्हणवादी सत्ताको अन्त्य र पहिचानसहित समाजवादका लागि तेस्रो जनआन्दोलन तयारीसँगै साझा राजनीतिक शक्ति निर्माणको मूल नारामा देशव्यापी वैचारिक राजनीतिक ध्रुवीकरण बढाउने’ पत्रकार सम्मेलनमा पूर्वमन्त्री समेत रहेका किरातीले विज्ञप्ति पढेर सुनाए ।

विज्ञप्तिको सुरुमै ‘ब्राम्हणवादी सत्ताको अन्त्य र पहिचानसहित समाजवादका लागि तेस्रो जनआन्दोलन तयारी समिति’ लेखिएको छ ।

विज्ञप्तिमा संयोजक किरातीका साथै सदस्य सचिव कृष्ण चोङबाङले हस्ताक्षर गरेका छन् ।

जसमा २०८० माघ २० गते ललितपुरस्थित किरात याक्थुङ चुम्लुङमा बसेको भेलाको निर्णय बमोजिम तेस्रो जनआन्दोलन समितिको संयोजक गोपाल किराती रहेको र सदस्य सचिव कृष्ण चोङबाङ रहेको जनाइएको छ ।

समितिका सदस्यहरुमा विस्वेन्द्र पासवान, बुद्धराज लामा, बलदीप राई, रामनारायण पाल, चन्द्र श्रीसमगर, राम मगर, तिलक मगर, आशा तामाङ, रामभक्त कुरुङबाङ, खगेन्द्र माखिम, एवीराज आङदेम्बे, दलमर्दन कामी, आरएन राई, सोविन थिङ, रेखराज राई, चेतन तुम्बाहाङ, डा मित्र परियार र लोकेन्द्र थापा छन् ।

किराती नेतृत्वको अभियानले नेपालमा १२ प्रतिशत ब्राम्हणहरु रहेको भन्दै राजनीतिक प्रशासनिक क्षेत्रमा १२ प्रतिशत ब्राम्हणहरुको सुनिश्चितता सहितको समानुपातिक समावेशिताको विषय उठान गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्