यी हुन् हिन्दुराज्य पक्षधर कांग्रेसका २२ नेता

हाल नेपाली कांग्रेसका केही नेताहरु देशलाई एउटा समुदाय र धर्मको मात्रै बनाउने दुष्प्रयास गरिरहेका छन् ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीसहित २२ जना नेताहरुले नेपाललाई हिन्दुहरुको राज्य बनाउने दुष्प्रयास गरेका हुन् ।

संविधानतः नेपाल धर्मनिरपेक्ष राज्य हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक रुपमा विविधता भएको देश हो ।

जात, लिङ्ग र वर्ण-व्यवस्थाका आधारमा मानिस मानिसबीचमै विभेद कायम गर्ने हिन्दु राज्य व्यवस्था ल्याउन चाहने कांग्रेस नेताहरु को को हुन् तल हेर्नुहोला ।

उनीहरुले सोमबारदेखि हुने पार्टीको महासमितिको बैठकमा हिन्दुराज्यको एजेण्डा बनाउन पार्टीलाई दबाब दिएका छन् ।

तर, पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हिन्दुराज्यको एजेण्डा बैठकको एजेन्डा नबन्ने प्रष्ट पारिसकेका छन् ।

हिन्दुराज्यको पक्षमा हस्ताक्षर गर्ने नेताहरुः

१ शंकर भण्डारी
२ दिलेन्द्र बडु
३ पुष्पा भुसाल
४ देवेन्द्रराज कँडेल
५ प्रकाश रसाइली
६ रंगमती शाही
७ विद्या तिमल्सिना
८ गेहेन्द्र गिरी
९ सीता देवकोटा
१० अर्जुन जङ्ग बहादुर सिंह
११ सीता कुमारी राना
१२ सारदा पौडेल
१३ चम्पादेवी खड्का
१४ नागिना यादव
१५ नृपबहादुर बड
१६ सञ्जय गौतम
१७ भीम पराजुली
१८ दिनेश कोइराला
१९ मुक्ताकुमारी यादव
२० डा. डिना संग्रौला
२१ इन्द्रबहादुर बाँनिया
२२ शुक्रराज शर्मा

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्