धरानमा शुक्रबारदेखि सुरु भएकाे ‘धरान एक्स्पो २०८०’ को मूल व्यानरबाट पहिचानवादीहरुले ‘कोशी’ शब्द मेटाएका छन् ।

धरान उपमहानगर-१६ रंगशालामा सुरु भएकाे धरान एक्स्पाेकाे व्यानरमा कोशी प्रदेश लेखिएपछि पहिचान पक्षधर आन्दोलनकारीहरुले कोशी शब्द मेटाएका हुन् ।

‘कोशी लेखेको पाएपछि हामीले विरोध गर्दै ब्यानरबाट हटाएका हौं,’ राष्ट्रिय जनमुक्ति पार्टीका नेता विष्णु थाम्देनले भने, ‘पहिचानविहीन एकल गोत्रीय नाममा हाम्रो असहमति रहेकोले विरोध निरन्तर रहनेछ ।’

पहिचानका लागि युवा सुनसरीका नेता शिवाहाङ राईले दिउँसो धरान-१६ स्थित रंगशालामा पुगेर युवाहरूले विरोध गर्दै ‘कोशी’ नाम हटाएको बताए ।

उनले गत वर्षको प्रदेश नम्बर १ काे संसदले ‘कोशी प्रदेश’ नामकरण गरेपछि संसदमा प्रतिनिधित्व गर्ने मुख्य दलका नेताहरू र हस्ताक्षर गर्ने ८२ सांसदविरुद्ध प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समिति र पहिचानवादी राजनीतिक एवम् सामाजिक संगठनहरु आन्दोलित भइरहेको बताए ।

त्यस्तै, १४ जिल्लामा ‘कोशी’ लेखिएका सरकारी र निजी बोर्ड, ब्यानर, स्मारक लगायतहरू हटाउने या मेट्ने अभियान चलिरहेको उनले बताए ।

सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित धरान एक्स्पो फागुन २३ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here