सुरेश आले मगरको बुझाइमा त्रिविको उपकुलपति मगर हुनुको कारण

सुरेश आले मगर राष्ट्रिय सभा सदस्य हुन् । उनी नेकपा माओवादी केन्द्रका नेता हुन् ।

त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा.डा. केशरजंग बराल मगर भएकोबारे उनले शुक्रबार सामाजिक सञ्जालमा कारण उल्लेख गरेका छन् ।

जुन यस प्रकार छः

मेरा पुराना मित्र विद्वान प्रा.डा. केशरजङ्ग बराल मगर त्रिभुवन विश्वविद्यालयको उप-कुलपति नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल एवं उपलब्धिमूलक कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु !

यस नियुक्तिका सन्दर्भमा केही प्रथम, ऐतिहासिक र महत्वपूर्ण घटनाहरु भए —

* विश्वविद्यालयकै इतिहासमा पहिलो पटक खुला प्रतिस्पर्धामार्फत उप-कुलपतिको चयन,

* नेकपा माओवादी केन्द्रका अध्यक्ष क. प्रचण्ड नेपाल सरकारका प्रधानमन्त्री एवं विश्वविद्यालयको कुलपति भएको कारण नै यो सम्भव भयो (अरु हुँदा हुन्थेन)

* यस प्रतिस्पर्धामा ४२ जना प्रतिस्पर्धी रहेकोमा shortlisting भएका १४ जनामध्ये २ जना आदिवासी/जनजाति (दुवै जना मगर) परे र उप-कुलपतिका लागि सिफारिस भएका ३ जनामध्ये प्रथम र दोस्रो दुवै जना आदिवासी/जनजाति (दुवै जना मगर) परे (प्रतिस्पर्धा खुला र निष्पक्ष भएको हुनाले यस्तो भयो, भित्रभित्र र आन्तरिक प्रतिस्पर्धा भएको भए २ जना मगर वा २ जना आदिवासी/जनजाति आउन सम्भवै थिएन; प्रतिस्पर्धाहरु यस्तै खुला र निष्पक्ष हुने हो भने आदिवासी/जनजातिहरू योग्य एवं क्षमतावान छन् र सफल हुन्छन् भन्ने प्रमाणित) । प्रतिस्पर्धा निष्पक्ष पनि Search Committee को प्रमुख आदिवासी/जनजाति (मन्त्री अशोक राई) भएकै कारण भएको !

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्