महासंघले वार्तामा बोलाएपछि फोनिजकाे आन्दोलन स्थगन

नेपाल पत्रकार महासंघले वार्तामा बोलाएपछि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आन्दोलनका कार्यक्रमहरु स्थगित गरेको छ ।

फोनिजका सचिव समिर बलामीले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी महासंघले संस्थापक अध्यक्षको सम्बन्धमा टुंगो लगाउन वार्तामा बोलाएकोले आन्दोलनका कार्यक्रमहरु स्थगन गरिएको जनाए ।

फोनिजले महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै रहेकोले उक्त इतिहास कायम गर्न माग गर्दै महासंघको केन्द्रीयलगायत देशभरका कार्यालयहरुमा तालाबन्दी गर्नेसम्मको आन्दोलन घोषणा गरेको थियो ।

महासंघको शनिबार बसेको केन्द्रीय समितिको बैठकले उक्त विषयमा अध्यक्षकै नेतृत्वमा विज्ञ सम्मिलित कार्यदल बनाएर अध्ययन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य भीषण राईले बताए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्