‘डकेन्द्रलाई सघाएन भने माओवादीको पहिचानविरोधी मुकुन्डो पर्दाफास हुनेछ’

इलाम-२ को उपनिर्वाचन पहिचानवादीहरुकाे लागि एउटा ‘ट्रायल’ हुँदैछ भन्दा अत्युक्ति नहोला ।

४१ भन्दा बढी घटक संस्था रहेकाे प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले डकेन्द्रसिंह थेगिमलाई साे क्षेत्रकाे साझा उम्मेदवार घोषणा गरेकाे छ ।

आगामी वैशाख १५ गते हुने मतदानमा थेगिम विजयी होला ? वा उनले कति मत पाउला भन्ने सवाल पहिचानवादीहरुकाे लागि ठुलो प्रतिष्ठाकाे विषय बनेको छ ।

पहिचानवादी पार्टी भनिने जनता समाजवादी पार्टी (जसपा)ले के गर्ला ? नेकपा माओवादी केन्द्रले के गर्ला ?

थेगिमलाई नै समर्थन गर्ला त ? यी प्रश्चकाे उत्तर अब चाडै आउने छ ।

जसपानिकट प्राध्यापक डा. महेन्द्र लावतीले माओवादीले संघर्ष समितिकाे साझा उम्मेदवारलाई सघाएन उसकाे पहिचानविरोधी मुकुन्डोकाे पर्दाफास हुने टिप्पणी गरेका छन् ।

माओवादीले डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार मान्नैपर्ने उनकाे दबाब छ ।

तर पुनः वाम एकता गर्ने भन्दै नेकपा एमालेसँग गठबन्धन गरेर नयाँ सरकार बनाएकाे माओवादीले इलाम-२ बारे निर्णय गर्न बाँकी छ ।

एमालेले भने दिवंगत पूर्वसभामुख सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङलाई उम्मेवार खडा गरेकाे छ ।

यसबारे जसपाले पनि निर्णय गर्न बाँकी छ ।

यसपल्ट पहिचानवादी दाबी कायम राख्ने हो भने माओवादीले मात्र होइन जसपाले पनि डकेन्द्रसिंह थेगिमलाई सघाउनुपर्ने हुन्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. pahechan binako manxe pasu saraha ho jaslai arkako esarama bachanu parxa. K hami yastai huna man lageko hota ? pakkai hoeena holla tara bidambana k xa vannda
    hejo yo tulla parti vanauuda haru le k diya ta hamilai yo kura bujnu parne bella aayako xa. hejo hami lai pahechan ko aadharma 1 uuta name samma dina nasakkne haru le kirat savayata ra pahechan dellan baru aafnai xora laje hang ko hattya garekai xan aab feri oniharulai nai vot dinu parne yasto gallti kadapi nagarnu holla mitra haru kinaki hambro vabisya ta andhakar banaya banaya aab feri hambra santan haruko pani vabisya lai andhakar banauuna dinu hunna tesai le mitra haru ilam basi sabai aama bubaharu le dakendra giu lai hajur haruko amullya mata dee vijaya garai dinu huna bhueesori sewaro vanna chahanxu ma pahechan lai maya garne 1 youba Jay ilam

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्