नेसपाले पहिचानवादीहरुकाे साझा उम्मेदवार थेगिमलाई सघाउने

इलाम २ काे उपनिर्वाचनमा नेपाल समाजवादी पार्टी (नेसपा)ले पहिचानवादीहरुकाे साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएकाे छ ।

परम्परागत राजनीतिक दलहरुकाे सिण्डिकेट, सत्तास्वार्थ र संसदीय राजनीतिको चंगुलबाट मुलुकलाई निकाल्न थेगिमलाई गरेको समर्थनले इट्टा थप्ने नेसपाले जनाएको छ ।

नेसपाले पहिचान र सामर्थ्यसहितको संघीयता, सुशासन, समुन्नत समाजवादको लागि थेगिमलाई समर्थन गर्ने निर्णय गरिएकाे उल्लेख गरेको छ ।

थेगिम प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिकाे तर्फबाट साझा उम्मेदवार बनेका हुन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्