इलामकाे उपनिर्वाचनले पहिचानकाे मुद्दालाई बहसमा ल्याइदिएको छ

कोशीले आफूलाई ॠषिमुनिका सन्तान भन्ने ब्राह्मणको पहिचान मात्र बोक्छ

इलामको उपनिर्वाचनले एकपटक फेरि पहिचानको मुद्दालाई बहसमा ल्याइदिएको छ ।

“खस आर्य” नामको फर्जी समूह निर्माण गरेर संविधान निर्माताहरुले आफ्नो वर्चस्व स्थापित गर्ने जालसांज गर्नुको परिणाम हो “पहिचान विवाद” !

पूर्वको १ नम्बर प्रदेशको नामकरणको विवाद निकै लामो समयसम्म रह्यो । जुन दिन एकल नस्लवादीहरुको बल पुग्यो कोशी नामकरण गरिएको कुरा हजार प्रतिशत सत्य हो ।

जबसम्म त्यो पक्षको बहुमत पुगेन, विषयलाई अल्झाएर राखिएको कुरा पनि नाङ्गो सत्य हो ।

उपनिर्वाचनमा विजयी बनेपछि एकजना नेताले “कोशी”ले साझा पहिचानको प्रतिनिधित्व गर्छ भनेर उग्राएको देखियाे सुनियो । त्यो सरासर “चुतिया चिन्तन” हो ।

के हो त कोशी ?

१). कोशी नेपाली भाषाको नाम होइन । अर्थात नदीको नाम नेपाली होइन । जसरी गण्डकी भारत छिरेपछि नारायणी भनिन्छ त्यसैगरी भारत छिरेपछि त्यो नदीले कोशी नाम पाउँछ । इतिहाससिद्ध विषय हो यो ।

२). कोशी हिन्दु पुराणहरुले दिएको नाम हो । हिन्दु पुराणहरु संस्कृत भाषामा लेखिएका छन् । त्यसैले कोशी संस्कृत भाषाको नाम हो ।

३). संस्कृत कुनै देश विशेषको भाषा होइन । एउटा जाति विशेषको भाषा पनि होइन । संस्कृत भाषाको स्वामित्व ब्राह्मण जातिले लिए पनि उनीहरुको पुर्ख्यौली भाषा भने होइन ।

४). अर्थात तामाङ्गी, नेवारी जस्तै एउटा जाति भाषा पनि होइन यो । लेखाइमा मात्र प्रयोग भएको भाषा हो । ब्राह्मण जातिको भाषा हो भने पनि एउटा जातिको भाषालाई साझा भन्नु कि अज्ञानता हो कि भने बलमिचाइ हो ।

५). नेपालको सन्दर्भमा ब्राह्मण जाति बहुमत जाति होइन । अल्पमतबाट हुन सक्ने नोक्सानीबाट बच्ने प्रपञ्चका लागि खस जातिलाई आफूसँग जोडिएको हो ।

कोशी खस भाषाको शब्द होइन । खससँग कोशीको गोरु बेचेको साइनो पनि छैन । खसको होइन, लिम्बुको होइन, किरातको पनि होइन, कोचे, मेचे, राजवंशी र थारुको पनि होइन भने कोशी कसरी साझा भयो ?

कोशीले आफूलाई ॠषिमुनिका सन्तान भनेर गौरव गर्ने ब्राह्मणको पहिचान मात्र बोक्छ । कोशीले साझा होइन बिल्कुल एकल त्यो पनि अल्पसंख्यक समुदायको मात्र प्रतिनिधित्व गर्छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्