सिलिचुङको चुचुरोबाट पर्यटनबारे पुस्तक सार्वजनिक

मुन्दुम ट्रेलका अभियान्ता रमेश कुमार राईको पुस्तक ‘नेपालमा पर्यटनको सम्भावना र अवसरहरु’ साल्पा सिलिचुङको शिखरबाट सार्वजनिक गरिएको छ ।

पुस्तकका लेखक राईसहित सो क्षेत्रको जैविक विविधताबारे अनुसन्धान गर्न खटिएकाे डा. अच्युत तिवारी नेतृत्वको टोलीले शनिबार ४ हजार १ सय ६५ मिटर उचाइ रहेको सिलिचुङ चुचुरोमा पुगेर पुस्तक सार्वजनिक गरेको हो ।

पुस्तकमा नेपालका विभिन्न पर्यटकीय क्षेत्रबारे विस्तृत जानकारी दिइएको छ ।

पुस्तकका लेखक राई मूलतः मुन्दुम ट्रेलका प्रचारक र पर्यटन व्यवसायी हुन् । मुन्दुम ट्रेल भोजपुर, खोटाङ र सोलुखुम्बुको विभिन्न पर्यटकीय स्थलमा पुगेको छ ।

जसमध्ये साल्पा पोखरी र त्यहाँबाट करिब तीन घन्टा हिँडेर पुगिने सिलिचुङ चुचुरो एक महत्वपूर्ण सांस्कृतिक पर्यटकीय स्थल हो ।

किनकि, साल्पा–सिलिचुङ नेपालका किरात समुदायको संस्कृति र मिथकसँग पनि जोडिन्छ ।

साल्पा सिलिचुङकाे चुचुरोबाट पुस्तक सार्वजनिक गरिएको सम्भवतः यो नै पहिलो हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्