उपेन्द्र यादवबाट अलग भए दिपेन्द्र झा

अधिवक्ता दिपेन्द्र झाले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका छन् ।

उनी अब दलीय आवद्धताबाट स्वतन्त्र रहेर कानुन व्यावसायीको रुपमा अघि बढ्ने छन् ।

झाले पार्टी विभाजनपछि पार्टीको सबै जिम्मेवारीबाट अलग भएको भन्दै अध्यक्ष उपेन्द्र यादवलाई जानकारी गराएका छन् ।

यादवले झालाई पहिलो मधेस सरकारको मुख्य न्यायधिवक्ता जिम्मेवारी दिलाएका थिए भने हाल उनी जसपा नेपालको निर्वाचन समितिको संयोजक थिए ।

झालाई मधेस सरकारको कानुन मस्यौदा समितिको संयोजकको पनि जिम्मेवारी दिइएको थियो ।

आफूलाई दिएको जिम्मेवारीप्रति झाले अध्यक्ष यादवलाई आभार प्रकट गरेका छन् ।

झा यादवका एक विश्वासपात्र थिए । झाले नेपालमा संघीयता स्थापना गर्ने संघर्षको नायक यादव रहेकोले त्यसका निम्ति आफ्नाे सधै सम्मान रहने पनि उल्लेख गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्