कोशी नाम खारिजीका लागि मंसिर २ देखि नयाँ चरणको आन्दोलन

तेस्रो जनआन्दोलन तयारीका लागि कार्यदल गठन

पहिचान पक्षधरहरुले २०८१ मंसिर २ गतेदेखि विराटनगरमा ‘कोशी प्रदेश’ नाम खारिजीका लागि नयाँ चरणको आन्दोलन सुरु गर्ने भएका छन् ।

ताप्लेजुङको फुङ्लिङमा यही असार १ र २ गते बसेको प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिको बैठकले आगामी मंसिर २ गतेदेखि विराटनगरमा विशाल जनप्रदर्शनसहित नयाँ चरणको आन्दोलन सुरु गर्ने निर्णय गरेको हो ।

संघर्ष समितिले बैठकपछि हिजाे फुङ्लिङमै पत्रकार सम्मेलन गरी निर्णयहरु सार्वजनिक गरेको हाे ।

जसमा कोशी नाम खारेज गरी पहिचानको आधारमा पुनःनामाङ्कन आन्दोलनलाई सम्बोधन गर्नेतर्फ सत्ताधारी दल र तिनका नेताहरु अग्रसर नदेखिएकाले अब स्थानीय तहबाटै समानन्तर सत्ता अभ्यासको विकास गर्नेबारे ठोस अध्ययन र तयारी गर्ने उल्लेख छ ।

यसैगरी प्रदेश सभामा कोशी नाममा भोट गर्ने ८२ जना प्रदेश सांसद र आन्दोलनरत संस्था र नेतृत्वलाई साम्प्रदायिक रुपमा गाली गर्ने ३ जना नेताहरुलाई दबाब दिन उनीहरुका परिवार र नातागोताहरुलाई अनुरोध गर्ने र उनीहरुलाई सार्वजनिक कार्यक्रमहरुमा नबोलाउन सबै पक्षसँग अनुरोध गरिने छ ।

बैठकले कोशी प्रदेश नामका प्रस्तावक राम राना मगरकै नेतृत्वमा प्रदेश सरकारले तथाकथित शान्ति टोली बनाएकोमा खेद प्रकट गर्दै निष्कर्षमा पुग्ने वार्ता गर्ने हो भने बहुमत पुग्ने गरी अस्तित्वमा रहेका दलहरुसहित मुख्यमन्त्रीको नेतृत्वमा बनेको वार्ता टोलीसँग मात्रै वार्ता गर्ने निर्णय पनि गरेको छ ।

बैठकले पहिचानको मुद्दालाई स्थानीय तहसम्मै लैजान प्रदेशव्यापी प्रशिक्षण र संगठन विस्तार अभियान असार १५ देखि कात्तिक १५ सम्म चलाउने, तेस्रो जनआन्दोलन र पहिचानको मुद्दालाई सशक्त बनाउन रामभक्त कुरुङ्बाङको संयोजकत्वमा कृष्ण चोङ्बाङ, पदम अधिकारी, युवराज राई र राम मादेन सदस्य रहेको कार्यदल बनाउने लगायत निर्णय गरेको छ ।

बाँकी विज्ञप्ति हेर्नुहाेस्ः-

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img