‘१२ हजार घुस खाने ३ जना कर्मचारीलाई निकालेको छु’: मेयर साम्पाङ

धरानका मेयर हर्क साम्पाङले १२ हजार घुस बाँडेर खाने तीन जना कर्मचारीलाई जागिरबाट निकालिदिएको बताएका छन् ।
मेयर साम्पाङले सामाजिक सञ्जालबाट सो कुरा बताएका हुन् ।

तर उनले तीन जना को हुन् भन्ने खुलाएनन् ।

उनले भ्रष्ट्रचार गरेको वा घुस लिएको प्रमाण पुगे त्यस्ता कर्मचारीलाई तुरुन्त कारबाही गर्ने बताउँदै आएका थिए ।

सधै मेयर साम्पाङको कमजोरी खोजेर उनीविरुद्ध लाग्ने गरेका धरानका राजनीतिक दलका नेताहरु अहिले खानेपानीको महशुल बढाएको विरोधमा आन्दोलनमा छन् ।

मेयर साम्पाङले आन्दोलन गर्ने नेताहरुप्रति पनि इंगित गर्दै घुस खाने कर्मचारीलाई निकालिएको र सोको विरोधमा आन्दोलन नगर्न भन्दै सामाजिक सञ्जालबाट कटाक्ष गरेका छन् ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्