बंगलादेशकाे राजनीतिक परिदृश्य स्वाभाविक होइन । यसका दुई पाटा छ्न् ।
शेख हसिनाको सरकार डुबेको थियो, भ्रष्टाचारमा । आर्थिक बिकास राम्रो भयो, तर त्यसले अकल्पनीय “आम्दानी असमानता” जन्मायो । गजबको कुरा त “यो असमानताको सम्बाेधन गर्ने होइन, सहिदका नाममा आरक्षणको गलत बाटो सरकारले लियो र जमाइते स्लाम जस्तो घोर दक्षिणपन्थी शक्तिले खेल्ने मौका पायो ।
एक बर्ष अगाडि म बंगलादेश “चिटगंङ्ग इन्डिपेन्डेन्ट युनिभर्सिटी” हुँदा त्यहाँका विद्यार्थीमा भुसकाे आगो जस्तो बढिरहेको आक्रोश र निरासा देख्न सक्थें । जतिबेला जहाँ पनि बोलिन्थ्यो “बङ्गबन्धु ।”
यो कुरा शेख हसिना सरकारको लोकतन्त्रविराेधी चरित्र थियो, जो आजको दिन निर्माण गर्न जिम्मेवार छ । तर उनले यो बुझिनन्, उनी आफ्नो ताकत अपराजयी ठान्थिन्, चाटुकारहरुले घेरेका थिए ।
दोस्रो कारण “बिदेशी”को दादागिरी माथि शेख हसिनाले सम्झाैताहिन लडाइँ लडेकै हो । बिदेशी एन्जिओमाथिको शक्ति र विदेशी गतिविधि माथिको नियन्त्रण उनकाे सही निर्णय थियो । तर पछिल्लो पटक उनी जनताको समर्थन लिन असफल रहिन् ।
उनलाई समर्थन र सहयोग गर्ने बिज्ञहरुलाई चाटुकार पदखोरले हटाए, परिणाम उनी जे रोक्न चाहन्थिन् त्यही बलियो भयो।
सैनिक र प्रहरी जनता विराेधी थिए र भ्रष्ट थिए । उनीहरुले मुख बन्द गरे जनताको । यस्तो लाग्थ्यो, बंगलादेश सैनिक शासन अन्तर्गत छ ।
मेरो एकजना “बिएनपी” समर्थक साथी थियो । मैले उनलाई भेटेँ । मेरो आवामी लिगको साथीले मन पराएन । बिनएनपीलाई समाप्त पार्ने काम हसिनाले गरिन् र भारतको यसमा समर्थन रह्याे । यस बिचबाट जन्मियो कट्टरपन्थी “जमाइते इस्लाम ।”
१. भारतले साना छिमेकी साना देशलाई नागरिकतन्त्र र स्वतन्त्र बिदेश नीति विकास गर्न मद्दत गर्नुपर्छ । यो आन्दोलन बाहिर हसिना विरुद्ध र भित्र भारतको हसिनालाई निरंकुश हुन सहयोग गर्ने नीतिका विरुद्ध पनि छ । जसकाे फाइदा पश्चिमी शक्तिहरुले लिए । भारतले आफू बलियो हुन आफना साना छिमेकीलाई स्वतन्त्र शासन गर्न सहयोग गर्नुपर्छ ।
बंगलादेशकाे जनजाति समुहलाई क्रिश्चियन बनाउन पश्चिमीहरु लागेका छ्न्
बंगलादेशकाे जनजाति समुहलाई क्रिश्चियन बनाउन पश्चिमीहरु लागेका छ्न् र बे अफ बंगालमा विदेशी सैनिक अखडा बनाउन अब उनीहरुलाई सजिलो हुनेछ ।
२. नेपालका राजनीति दलहरूले आँखा खोल्ने बेला आयो । राजनीतिक गिमिक बन्द गर्नुहोस् । बिज्ञहरुलाई देशका लागि काम गर्ने अवसर प्रदान गर्नुहोस् । तपाईहरुसँग जनता निरास छन् ।
शेख हसिना बिगत ५-७ बर्षदेखि चाटुकारहरुबाट घेरिएकी थिइन् । सुरु सुरुका दिनमा उनले त्यस्ता मानिस रोजिन्, जो अब्बल बौद्धिक थिए । तर बिस्तारै चाटुकारहरुले घेरे ।
तपाईंहरुका वरिपरि यस्तै मानिस छन् । यिनीहरु मुस्किलका दिन पहिला नै भागिसकेका हुन्छन् । तपाईहरुका मानिसलाई राजनीतिका नाममा दुष्ट खेल थाह छ । राज्य खेलले चल्दैन ।
३. यो अचम्म हुने छैन यो क्रम रहिरह्यो भने मान्छे तपाईहरुका दरवारमा पनि छिर्ने छ्न् ।
४. तत्काल भ्रष्टाचारीहरुमाथि कार्बाही गर्ने काम थाल्नुहोस् । गर्न सक्नेलाई काम दिनुहोस्, तपाईको दलको होस् वा नहोस् ।
शिक्षाको नयाँ मोडेल सुरु गर्नुहोस् र गर्न सक्नेलाई जिम्मा दिनुहोस् । केही ब्यापारीका कब्जामा परेको अर्थतन्त्रलाई जोगाएर गरिबलाई गरिखाने बाटो दिनुहोस् ।
जनता औषधी नपाएर मरिरहेका छ्न् । गरिबलाई बाँच्न दिनुहोस् । नेपाली किसान मरिरहेका छ्न् । उनीहरुको उत्पादनको दाम पनि छैन, बजार पनि छैन ।
शासन गर्नेहरु बिचौलियालाई अनुदान दिएरहेका छ्न्, खोज्नुहोस् पाउनुहुनेछ उदाहरणहरु ।
५. आयात बढाएर भान्सार लिने, यसरी बस्तुको मुल्य महँङ्गाे पार्ने, अनि त्यही बस्तु महँगोमा बेचेर गरिबसँग कर लिने ! जनतालाई करको भारी बोकाएर मार्ने! कस्तो छ शासन?
यही हो समाजवादउन्मुख ब्यवस्था? तपाईहरुका वरिपरि गतिला मान्छे छैनन् । देशको तलको ४० प्रतिशत मानिससँग ३-४ प्रतिशत मात्र धन छ ।
तर मथिल्लो १० प्रतिशतसँग ६० प्रतिशत भन्दा ज्यादा धन छ ।
यही १० प्रतिशतले राज्यमा मोज गरिरहेको छ । यही १० प्रतिशतले काठमाडौंमा गरिबलाई सहेन । यो असमानता किन देख्नुहुन्न? अनि जनता आजित भएर मदारीहरुको पछाडि कुदिरहेका छ्न् ।
६. नेपाली जनताले रगत पसिनाले कमाएको थोरै आम्दानी शिक्षा र स्वास्थमा सकिन्छ । तर राज्य बिद्यार्थी फेल हुँदा खुसी मान्छ । किन? शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्व बनाउ र खर्च तपाईहरुले काम बिना लिएको पैसाबाट मिलाउ ।
हामी तातो हावाको आक्रमणको चुनौतीमा छौं । इरान र इजरायलको द्वन्द्वले लाखौं मानिस संकटमा पर्न सक्छ्न् । भारतमा हुने कृषि नीतिको फेरबदलले हामी खाद्यान्नको संकटमा पर्न सक्छौं ।
तर, संकटको समाधान गर्ने मानिसको अभाव छ । बौद्धिकहरु निरास छ्न् । कता जान्छ देश ? बंगलादेशकाे प्रभाव पर्ने नै छ । त्यो भन्दा पहिला शासन ब्यवस्थालाई नागरिकतन्त्रीय बनाउने कुरा सोच्नुहोस्, ताकि चाकरी गर्ने कर्मचारी र चाटुकार सल्लाहकारले “मानिसलाई तपाईहरुका कोठामा आमन्त्रण नगरुन् ।”
तपाईहरुको अवस्था बलियो छैन । सुराज्य निर्माणको बाटो कोर्न सक्षमलाई बाटो खोल्नुहोस् । सधै प्रतिक्षा हुन सक्तैन ।
(याे सामग्री युवराज संग्राैलाकाे फेसबुकबाट साभार गरिएकाे हाे । स.)