जलवायु परिवर्तनकाे प्रभावबारे काठमाडौंमा अन्तर्राष्ट्रिय सेमिनार गरिँदै

जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्बन्धमा काठमाडाैंमा ३ दिने अन्तर्राष्ट्रिय सेमिनार गरिँदै छ । सेमिनार भदौ २८, २९ र ३० गते हुँदैछ ।

जसमा नेपालसहित भारत, बंगलादेश, म्यानमार र भुटानका प्राध्यापक, वैज्ञानिक र जलवायु तथा वातावरणकाे क्षेत्रमा कार्यरत विज्ञहरू सहभागी हुने सेमिनार आयोजक समितिका संयोजक निकेश कुमार लम्सालले जानकारी दिए ।

सेमिनारमा म्यानमार लगायत दक्षिण एसियाली राष्ट्रका प्रतिनिधिहरूले जलवायु परिवर्तन, वातावरणीय प्रभाव र यसको असर सम्बन्धी २५ भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गर्नेछन् ।

सेमिनारकाे अन्त्यमा काठमाडौं घोषणापत्र जारी गरिने छ ।

स्थानीय तथा परम्परागत ज्ञान, वैज्ञानिक अध्ययन अनुसन्धान र प्रभावकारी नीति तर्जुमा गर्दै राष्ट्रहरू बीचको नियमित संवाद र सहकार्यमार्फत् साझा प्राकृतिक स्रोत साधनहरूको समन्वयात्मक एवं समुन्नत सदुपयोग गरी यस क्षेत्रका सम्पूर्ण मानिसहरूको साझा हित रक्षार्थ सेमिनार हुने संयोजक लम्मालकाे भनाइ छ ।

कार्यक्रमकाे उद्घाटन प्रकृति संरक्षण कोषकाे सभागृह खुमलटार ललितपुरमा हुनेछ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्