बेलायतमा बसोबास गरिरहेका किरात राईहरुको सामाजिक संस्था ‘किरात राई यायोक्खा बेलायत’को नवौं महाअधिवेशन एक ‘नयाँ र अनौठो’ सहमति गर्दै समापन भएको छ ।
नयाँ कुरा के छ भने नवगठित समितिको अध्यक्ष नै तीन जना छन्, आशा राई, दिलकुमार राई र भुपजित राई ।
संस्थाहरुमा नेताहरु व्यवस्थापन गर्ने क्रममा अध्यक्ष बाहेक उपाध्यक्ष, महासचिव, सचिवलगायत पदहरुमा एक भन्दा बढीलाई राख्ने चलन त सामान्य नै भएकाे छ ।
तर, संस्थाकाे अध्यक्ष नै तीन जना छानेर महाधिवेशन सम्पन्न गरिएकाे सायद यो पहिलो हाे ।
महाधिवेशनले महासचिवमा पनि दुई जना छानेको छ । जसमा राजन रामजंग राई र गंगाराज राई छन् ।
नवगठित समितिका महासचिव गंगाराज राईले महाधिवेशन सौहार्दपूर्ण वातावरणमा सर्वसहमतिबाट सम्पन्न भएको भन्दै सफल बनाउन अहोरात्र खट्ने अग्रज, बुद्धिजिवी र संस्थाका पूर्वपदाधिकारीहरुप्रति फेसबुकबाटै कृतज्ञता ज्ञापन गरेका छन् ।
‘अबको यात्रा झनै सहज, सौहार्दपूर्ण, रचनात्मक र सिर्जनशील ढंगले अघि बढ्नेमा पूर्ण विश्वस्त छु,’ महाधिवशेनका तस्बिरहरु सेयर गर्दै उनले लेखेका छन् ।
बेलायतमा बस्ने राई समुदायका पूर्वविद्यार्थी नेता रामचन्द्र राईका अनुसार नवगठित समितिका पदाधिकारीहरुः
अध्यक्षः
१ आशा राई
२ दिलकुमार राई
३ भुपजित राई
वरिष्ठ उपाध्यक्षः
४ सुमनचन्द्र राई
५ प्रसादकुमार राई
६ प्रेमकुमार राई
उपाध्यक्षः
१ विनोदकुमार राई
२ युगराज राई
३ शान्ताकला राई
४ अनिता राई
५ भाग्यवती राई
६ शंकर राई
७ प्रमिला लाबुङ राई
८ निलम राई
९ चन्द्रावती राई
१० इश्वर राई
महासचिवः
१ राजन रामजङ्ग राई
२ गंगाराज राई
उपमहासचिवः
१ कपिल राई
२ मानकुमार नाछिरिङ राई
३ निता कोयु
सचिवः
१ किशन राई
२ श्याम साम्सोहङ राई
३ बालकुमारी राई
४ चन्द्रकुमार (जयपाल) राई
५ मिलनचन्द्र राई
६ हरिकुमार राई
७ भिमराज राई
कोषाध्यक्षः
१ दिलकुमार राई
२ डा. महा राई
सहकोषाध्यक्षः
१ सावित्रा राई
२ सन्देश राहुल राई
यही २१ सेप्टेम्बरमा भएकाे महाधिवेशनले कुल ६१ सदस्यीय नयाँ समिति गठन गरेकाे हाे ।