किरात राई यायोक्खा काठमाडौं जिल्ला समितिको १२औं अधिवेशन विवादमा परेको छ।

यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले उद्घाटन गरेकाे र उपाध्यक्ष देवान राईले नेतृत्व गरेको अध्यक्षमण्डलले घोषणा गरेको अधिवेशन तथा नयाँ कार्यसमिति विवादमा परेको हो।

काठमाडाैंकाे सुकेधारामा गत भदौ १४ गते सम्पन्न अधिवेशनमा जीवनकुमार राईको अध्यक्षतामा तीन वर्षका लागि १८ सदस्यीय समिति घोषणा गरिएको थियो।

तर, आज पदाधिकारीका उम्मेदवारसहित ११ जनाले प्रेस विज्ञप्ति निकालेर पुनः निर्वाचन मण्डल गठन गरी बन्दसत्र चलाउन माग गरेका छन्।

अधिवेशनबाट घोषित कार्यसमिति:
अध्यक्षः जीवनकुमार राई
उपाध्यक्षः शशीकला राई
उपाध्यक्षः समिल राई
सचिवः निला राई
सहसचिवः मनोज राई
कोषाध्यक्षः टंकराम राई
सहकोषाध्यक्षः दीपा देवान राई
सदस्यः तेज बान्तावा राई
सदस्यः मनकुमारी राई
सदस्यः बिन्दा राई
सदस्यः जसबहादुर राई
सदस्यः तृष्णा देवान राई
सदस्यः मिना राई
सदस्यः डिल्ली राई
सदस्यः प्रशन राई
सदस्यः सविता राई
सदस्यः प्रगति राई

अधिवेशन उद्घाटन समाराेह

असहमति जनाउँदै विज्ञप्ति निकाल्नेहरू:
तेज बान्तावा राई
मनकुमारी राई
सुरज राई
कर्णबहादुर राई
बिन्दा राई
जसबहादुर राई
डिल्ली राई
मिना राई
प्रशन राई
प्रगति राई
सविता राई

विवादका कारण

विज्ञप्ति अनुसार नेतृत्व चुन्ने प्रतिनिधिहरूको अधिकारमाथि अध्यक्षमण्डलका अध्यक्ष तथा यायोक्खा उपाध्यक्ष देवान राईले सिधा हस्तक्षेप गरे।

‘खल्तीबाट नाम निकालेर पारित गर्ने पार्टीको झोले शैली अध्यक्षमण्डलका अध्यक्ष तथा उपाध्यक्ष देवान राईले गर्नुभयो,’ विज्ञप्तिमा भनिएको छ, ‘जो कोहीले बाधा अवरोध गरे केही युवालाई लगाई तह लगाउने योजनाअनुसार पदाधिकारीका दाबेदार सुरज राईलाई तानेर शारीरिक तथा मानसिक यातना समेत दिइएको छ। १९ जना उम्मेदवारमध्ये ११ जनाले आफ्नाे उम्मेदवारी फिर्ता लिन बाध्य भएको यो घटनाप्रति हामी गम्भीर खेद प्रकट गर्दछौं।’

बन्दसत्रमा आफूहरूलाई बोल्न नदिइएको र गोजीबाट कागज निकालेर नामावली पढेपछि आफूहरूले बन्दसत्रकाे हल छाडेको विज्ञप्तिमा उल्लेख छ।

यदि आफूहरूको मागलाई बेवास्ता गरिए समानान्तर कमिटी गठन गर्ने चेतावनी उनीहरूले दिएका छन्।

पढ्नुहाेस् विज्ञप्तिः

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here