कर्णाली प्रदेशमा माधव नेपालले जोगाइदिए माओवादी सरकार

कर्णाली प्रदेशमा नेकपा एमाले (माधव नेपाल समूह)ले माओवादी केन्द्रको सरकार जोगाइदिएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री तथा माओवादी नेता महेन्द्रबहादुर शाहीविरुद्ध परेको अविश्वासको प्रस्तावमा माधव समूहका चारजना सांसदहरुले शाहीको पक्षमा मतदान गरेका छन् । जसका कारण शाही नेतृत्वको सरकारको आयु लम्बिएको छ ।

माधव समूहका प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले पार्टीको ह्विप उल्लंघन गर्दै फ्लाेर क्रस गरी मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका हुन् ।

कर्णाली प्रदेशमा माधव समूहका ९ जना सांसद छन् । जसमध्ये चार जनाले शाहीको पक्षमा मतदान गरेका हुन् ।

मुख्यमन्त्री शाहीलाई २० मत आवश्यक थियो । माओवादीको १२ र कांग्रेसको ६ गरी १८ सांसद शाहीको पक्षमा थिए ।

माधव समूहका चार जनाले पनि शाहीको पक्षमा मतदान गरेपछि शाहीको पक्षमा २२ मत परेको छ भने विपक्षमा १५ मत परेको छ ।

फ्लाेर क्रस गरी शाहीको पक्षमा मतदान गर्ने सांसदहरुलाई एमाले (केपी ओली समूह)ले कारवाही गर्ने तयारी गरेको छ ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्