‘फोक्सिङटारमा बेलीब्रिज जाेडेर पुनः सञ्चालन गर्ने’: एमाले नेता विशाल भट्टराई

खोटाङ र उदयपुरलाई जोड्ने फोक्सिङटारस्थित दुधकोसीको पक्की सडक पुल गत असोज १२ गतेको बाढीले बगाएपछि खोटाङका नेताहरुले उक्त ठाउँमा तुरुन्त बेलीब्रिज जाेड्न पहल सुरु गरेका छन् ।

आइतबार खाेटाङ घर भएका नेकपा एमालेका नेता तथा पूर्वसांसद विशाल भट्टराईसहित अगुवाहरुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई भेटेर पुल बगाएको ठाउँमा बेलीब्रिज जाेडेर भए पनि यातायात सेवा सुचारु गर्नुपर्नेसहितका माग राखेका छन् ।

मन्त्री दाहाललाई भेटेर आफूहरुले ५ बुँदामा माग राखेको नेता भट्टराईकाे भनाइ छ ।

मन्त्री देवेन्द्र दाहाललाई भेट्न गएकाे टाेली ।

भत्केको पुलको दुईपट्टि पिलरसहितको संरचना बाँकी रहेकोले तत्काल अध्ययन गरी सम्भव भए ८० मिटरमा बेलिब्रिज जोडेर यातायात पुनः सञ्चालन गर्नेबारे मन्त्रीलाई कुरा राखेको भट्टराईले फेसबुकबाट जनाएका छन् ।

नेता भट्टराईको फेसबुकवालबाटः

हाम्रो फेसबुक पेज फलो गर्नुहोस् र युट्युब च्यानल पनि सब्स्क्राइब गर्नुहोस्।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्

spot_img
spot_img