हाल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष रहेका राजेन्द्र श्रेष्ठ पहिचान आन्दोलनको एक नेताको रुपमा चिनिन्छन् ।

तर उनी गायक पनि हुन् ।

गीत–संगीतको उनको रुचि र संलग्नता राजनीतिमा जति नै पुरानो छ ।

उनका गीतहरु बढीजसो प्रकृति, प्रेम, भाषा, संस्कृति र पहिचानसँग सम्बन्धित छन् ।

खासगरी उनले नेपाल भाषामा गीत गाएका छन् । ती गीतहरु युट्युबमा पनि भेटिन्छन् ।

एक प्रसंगमा श्रेष्ठले हामीलाई ‘म राजनीतिमा नलागेको भए सायद गायक वा कलाकार हुन्थे’ भनेका थिए ।

हाल श्रेष्ठको ‘पहिचान यात्रा’ एल्बममा रहेको नेपाली भाषाको एउटा गीत उनको युट्युब च्यानलमा राखिएको छ ।

जसको शब्द भगवान चाम्लिङ र संगीत राजन राईको छ ।

Please enter your comment!
Please enter your name here