पूर्व माओवादीहरुवीच एकताको जुन सिद्वान्तहीन हौवा पिटाइएको छ, साँचो अर्थमा एकताको चेष्टा गरिएको हो भने ती समूह र व्यक्तिहरुले सर्वप्रथम निम्न राजनीतिक एवं नैतिक आधार प्रदर्शन गर्नुपर्दछः
१. विप्लव र बैद्य समुहले प्रथम संविधानसभाबाट अधिकतम् प्रगतिशील संविधान निर्माणको परिस्थिति भाँडेर तत्कालीन माओवादी सभासदहरुलाई रित्तो घर फर्काउने उद्दण्डता प्रदर्शन गरेको र औचित्यहीन पार्टी विभाजनको वाम विसर्जनवादी अपराध गरेकोप्रति लिखित रुपमा सार्वजानिक आत्मालोचना गर्दै अबोप्रान्त त्यसो नगर्ने गम्भीर प्रतिबद्वता गर्नुपर्दछ ।
२. गैरजिम्मेवारीपूर्वक, दक्षिणपन्थी रुझानमा पार्टी परित्याग गरेकोप्रति बाबुराम भट्टराईले लिखित रुपमा सार्वजानिक आत्मालोचना गर्नुपर्दछ ।
३. प्रचन्ड समुहले पहिचान मुद्दा र माओवादको सिद्वान्त त्यागेर एमालेतर्फ विलयमा हाम्फाल्ने, कोशीलगायत पहिचान विरोधी प्रदेश नाम थोपर्ने अपराध गरेर उत्पीडित समुदायको हुर्मत काढ्ने तथा आफैले विघटन गरेर, थुकेर, लत्याएर हिँडेको माके अदालतले बोकाइदिएपछि कथित माओवादीको ढोङ पिट्ने, देशद्रोही एमसीसीमा घुँडा टेक्ने र इलाम उपनिर्वाचनमा एमालेलाई जिताउने मुख्यत: दक्षिणपन्थी अपराध गरेकोमा लिखित रुपमा सार्वजानिक आत्मालोचना र संघीय संसदका साथै पहिचान विरोधी नाम थोपरेका ती- ती प्रदेश संसदमा बकायदा औपचारिक आत्मालोचना गर्नुपर्दछ ।
४. बादल बुढाले कान समातेर उठवश गर्दै फर्केमा पुग्ला, जस्तो लाग्छ । किनभने, बैद्यको कुरामा लागेर औचित्यहीन पार्टी फुटाउने र प्रचन्डको कुरा पत्याएर एमालेतिर हाम्फाल्ने हुस्सु काम मात्र उनले गरेका हुन् भन्ने देखिन्छ ।
विशेष पहिचान मुद्दामा अडान राखेर, एमालेतिर विलयमा नगएर विलयवादी प्रचन्डहरुसँग राजनीतिक-सांगठानिक सम्बन्ध विच्छेद गरेको तथा प्रदेश नाम कोशी खारेज आन्दोलनमा समर्पित रहँदै तेस्रो जनआन्दोलन तयारीमा अग्रसर गोपाल किरातीहरुले के गर्नुपर्छ? सच्चा क्रान्तिकारीले भनी दिनुहोला ।
समाजवादी लोकतान्त्रिक आन्दोलनका निमित्त यो ज्यान सदैव हाजिर छ। अन्यथा उग्रतम् स्वार्थ समुहको खोक्रो बकवास घृणास्पद छ ।
२१ मंसिर २०८१ ।
(किरातीकाे फेसबुकबाट- सं.)
राम्रो सुजाव