दक्षिण कोरियामा पनि समानन्तर कमिटी, माधव समूहकाे अध्यक्षमा भोम्जन

केन्द्रमा देखिएको नेकपा एमालेभित्रको विवादकाे असर दक्षिण कोरियामा पनि देखिएको छ । नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियामा समानान्तर कमिटी घोषणा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने गलत कदम र सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादीको एकतालाई टुटाइदिएपछि सहज रुपमा नेकपा एमाले पूर्ववत् अवस्थामा फर्किन सकिरहेको छैन ।

यही क्रममा ओली पक्ष र नेपाल पक्षले आ-आफ्नै तवरमा समानान्तर कमिटी घोषणा गरिरहेका छन् । सोही शिलशिलालाई निरन्तरता दिँदै प्रवासमा पनि प्रवास संगठनहरूको छुट्टा-छुट्टै कमिटी निर्माण गरेर आफ्नो गतिविधिहरु गर्दै आइरहेका छन् ।

शनिबार प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको १८ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका छन् । केन्द्रीय समितिको अध्यक्षमा पार्टी एकताको अवस्थामा रहँदा केन्द्रीय सदस्य हुँदै सचिव पदको जिम्मेवारी सम्हालिसकेका शुभराज भोम्जनलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी उपाध्यक्षमा अर्जुनबहादुर जागरी, रमेश थापा मगर, महासचिवमा राजकुमार राई (राजु), सचिवमा अनिता रुम्बा, कोषाध्यक्षमा जगत वाइबा, सूचना तथा प्रचारप्रसार बिभाग प्रमुखमा अमिर योञ्जन, युवा बिभाग प्रमुखमा दशरथ कुँवर, अनुशासन बिभाग प्रमुखमा जगदिश घराडी र केन्द्रीय सदस्यहरुमा झलक धामी, उमेश कुँवर, टिकाराम भट्टराई, धनकुमार राई, युवराज, उदीप थुलुङ, मदनकुमार गौतम, कृष्ण देउजा र सन्जिव खतिवडा चयन भएका छन् ।

त्यसैगरी प्रमुख सल्लाहकारमा सन्तोष बराललाई चुनिएको छ । शनिबार भोम्जनको अध्यक्षतामा एमालेभित्रको माधव नेपाल निकट कमिटी घोषणा भएसँगै दक्षिण कोरियामा पनि दुईवटा संगठन भएको छ ।

कमिटी घोषणा गर्ने कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रवास समन्वयकर्ता श्रीप्रसाद साहको प्रमुख आतिथ्यता रहनुका सथै पार्टी केन्द्रीय सदस्य, प्रदेश नं १ काे प्रदेससभा सदस्य तथा पूर्व एसिया इन्चार्ज राजन राईको विशेष आतिथ्यता रहेको थियो ।

जुम भर्चुअल माध्यमबाट भएको घोषणा कार्यक्रमलाई अतिथिद्वयले शुभकामना दिनुका साथै एमालेभित्र देखा परेको स्वेच्छाचारी प्रबित्तिलाई हरेक तहबाट विरोध गर्नुपर्ने र पार्टी एकताको पक्षमा आवाज बुलन्द गर्नुपर्नेमा जोड दिएका थिए ।

घोषणा भएको कमिटीको पदाधिकरी एवम् सदस्यहरुलाई कार्यक्रमको प्रमुख अतिथि श्रीप्रसाद साहले सपथ ग्रहण गराएका थिए । अध्यक्षको जिम्मेवारी प्राप्त गरे पश्चात शुभराज भोम्जनले पार्टीको हित बिपरित काम नगर्ने, बिधि र पद्धतिमा अडिग रहने र पार्टी एकताको निम्ति सकेको पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

भोम्जनले आफ्नो नेतृत्वमा घोषणा भएको कमिटी समानान्तर नभएर आधिकारिक भएको समेत बताएका थिए ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार
spot_img

याे पनि पढ्नुस्