दक्षिण कोरियामा सेमाउल उन्दोङ अर्थात् से भनेको नयाँ, माउल भनेको गाउँ र उन्दोङ भनेको अभ्यास हो, यसलाई अङ्ग्रेजीमा New Village Movement भन्ने गरिन्छ।
याे अभियान सन् १९७० को दशकमा कोरियाली राष्ट्रपति पार्क चुङ ही (Park Chung Hee) ले सुरु गरेका थिए ।
यसमा जनताहरूलाई सिमेन्ट, जस्ता, रड जस्ता निर्माण सामाग्रीहरू कम दाममा अथवा निःशुल्क उपलब्ध गराउने गर्थ्यो।
यसमा जनताहरूले घर निर्माण, स्कुल, ग्रिन हाउस, सिंचाइ, सडक आदि जनश्रमबाट बनाउने गर्दथ्यो। फलस्वरुपः कोरियामा धेरै सडकहरू बन्यो, सिंचाइ विद्यालय जस्ता भौतिक पुर्वाधारहरू बने। जसले आधुनिक कोरियाको रूप दिन सक्यो ।
उनले नै कोरियाको राजधानी सउलदेखि बुसान दोस्रो कोरियाको जनघनत्व भएको ठाउँको रेल सेवा बिस्तार गरेको थियो, जुन निर्माण गर्ने क्रममा कोरियन जनताहरूले धेरै श्रम गर्नुपरेको थियो, खुल्ला रूपमा नभए पनि राष्ट्रपति फाकको धेरै मानिसहरूले बिरोध गरेका थिए यस्तो मार्ग किन चाहियो भनेर आलोचना धेरै गरे ।
तर पछि त्यही समयमा बनाएको रोड, रेललाइनहरू कोरियाको अर्थतन्त्रको मेरुदण्ड बन्यो । यस्तो उदाहरणहरू विश्वमा धेरै छन्, क्युबामा पनि अमेरिकाले नाकाबन्दी गर्दा स्थानीय बिउबिजनहरू उत्पादनमा सरकारले जोड दियो। जनतामा बिउहरू बाडिएपछि क्युबा समृद्ध राष्ट्र बन्याे ।

विश्वमा आज हामीले विकसित देश भनिरहेको देशहरू आकाशबाट झरेको हैन, त्यहाँको जनताले श्रम गरेर नै बनाएको हो ।
त्यही कुराबाट सायद प्रभावित भएर हुनुपर्छ या स्वविवेक प्रयोग गरेर हो हर्क साम्पाङ अहाेरात्र आफ्नो नगर बनाउन आफ्नो शहर बनाउन लागिपरिरहेको छ, सचेत धराने जनताहरू हातेमालो गरिरहेका छन् ।
हर्क साम्पाङले पनि कोरियाको सेमाउल उन्दोङ जस्तै रड-सिमेन्ट मात्रै राज्यको, श्रम जनताको हुनुपर्छ जनताहरूले अमुल्य श्रम दिएको बेलामा नै राज्यले सिमेन्ट लगायतको निर्माण सामग्री दिनुपर्छ भन्ने मान्यताले अघि बढेको हो ।
आखिर जनताको करले करोडौंको लक्जरियस गाडी नेताहरूले जनताको करबाट नै किनेको हो भने धरानको मेयरले आफ्नो देश बनाउन सिमेन्ट किन्न नमिल्ने? जनताले नियालिरहेको छ सबै जनता राजनैतिक दलहरूले माइन्डवास गर्न सक्ने अवस्था छैन । यस्तो ज्वलन्त उदाहरण बनेर नै भ्रष्ट दलाल पर्टीलाई रोज्नको साटो स्वातन्त्र प्रतिनिधि छानेको हो ।
अहिले धराने जनताहरू हामीलाई पार्टी चाहिएको छैन विकास र सुशासन चाहिएको छ भन्दैछन्, त्यही भएर दिनरात हर्क साम्पाङसँग काँधमा काँध मिलाइरहेका छन् ।
यसरी आफ्नो सहर आफै निर्माण गर्ने सचेत मेयर नागरिकहरूलाई बधाई दिनुपर्ने ठाउँमा मुर्दावाद कि मुर्दावाद नारा लगाउने राजनैतिक दलहरू सचेत धराने जनताले फैलाएको उज्यालोले कुनै न कुनै दिन यस्ता राजनैतिक दलहरूलाई कसिङ्गर बढारेको जस्तै बढार्नेछ ।
कुनै समय पञ्चहरूमा पनि राजतन्त्र ढाल्नु भनेको पहाडलाई मुड्किले हानेर ढाल्नु जस्तै हो भन्ने अहङ्कार थियो, अहिलेको दलहरूलाई पनि आफ्नो आकारमा त्यस्तै घमण्ड छ । समय भन्दा अरू केही बलियो छैन ।
(याे सामग्री विसन सुब्बाकाे फेसबुकबाट साभार गरी प्रकाशन गरिएकाे हाे)