मुन्दुम ट्रेल भ्रमण वर्षकाे शुभारम्भ माघ १ गते गरिने

एक लाख पर्यटक भित्राउने लक्ष्य सहित ‘मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५’ आगामी जनवरी १४ मा शुभारम्भ गरिने भएको छ ।

किरात समुदायले नयाँ वर्ष मान्ने मिति माघ १ गतेका दिन मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ शुभारम्भ गर्न लागिएको हो ।

भ्रमण वर्ष शुभारम्भ कार्यक्रमको आयोजक भोजपुरस्थित टेम्केमैयुङ गाउँपालिका रहने छ भने संयोजक मुन्दुम ट्रेल भ्रमण वर्ष मूल आयोजक समिति रहने छ ।

उक्त कार्यक्रम भोजपुर र खोटाङ जिल्लाकाे सीमानामा पर्ने रमणीय स्थल चखेवा भन्ज्याङमा गरिने छ ।

शुभारम्भ कार्यक्रम पाँच दिनसम्म चल्नेछ । जसमा कृषि मेला प्रदर्शनी, स्थानीय उत्पादनहरुको प्रदर्शनी, सांगीतिक तथा सांस्कृतिक कार्यक्रम, खेलकुद कार्यक्रम आदि गरिने छ ।

मुन्दुम ट्रेल खोटाङ, भोजपुर, संखुवासभा र सोलुखुम्बु जिल्लासँग जोडिएको छ । पछिल्ला केही वर्षदेखि मुन्दुम ट्रेललाई नेपालकै एक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रयास गरिएको छ ।

मुन्दुम ट्रेल मूलतः किराती संस्कृति, सभ्यता र सो क्षेत्रको सुन्दर प्रकृति देख्न सकिने पर्यटकीय क्षेत्र हो ।

कृपया साल्पा अनलाइनको फेसबुक पेज र युट्युब च्यानल सर्च गरी लाइक तथा सब्स्क्राइब गर्नुहोस् ।

1 COMMENT

  1. जुन उदेश्यले सुरुवात भएको छ सफल होस शुभकामना

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

याे पनि पढ्नुस्