एक लाख पर्यटक भित्राउने लक्ष्यसहित मुन्दुम ट्रेल भ्रमण वर्ष २०२५ को शुभारम्भ गरिएको छ ।
किरात येले संवत् ५०८५ को पहिलो दिन (माघ १ गते) मुन्दुम ट्रेल भ्रमण वर्षको औपचारिक शुभारम्भ गरिएको हो ।
खोटाङ र भोजपुरको सीमामा पर्ने चखेवा भञ्ज्याङमा एक कार्यक्रमको आयोजना गरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेमार्फत भ्रमण वर्षको शुभारम्भ गरिएको हो ।
भ्रमण वर्षको शुभारम्भसँगै चखेवामा माघ ५ गतेसम्म पर्यटन तथा कृषि मेला र विभिन्न सांस्कृतिक सांगीतिक प्रस्तुतीहरु राखिएको छ ।
मुन्धुम पद यात्रा सफल रहोस।