सरकारले जनम लिम्बु, सुशील लिम्बु र सन्जोग लिम्बुलाई आइतबार रिहाइ गरेको छ ।
पुस १७ गते प्रहरीले पक्राउ गरेका उनीहरुलाई रिहाइ नगरेको भन्दै पहिचानवादी आन्दोलनकारीहरुले आइतबारदेखि मेची राजमार्ग र तमोर करिडोर अनिश्चितकालीन यातायात बन्द आव्हान गरेका थिए ।
उनीहरु आइतबार रिहा भएपछि यातायात बन्दको कार्यक्रम फिर्ता लिइएको छ भने मुक्कुमलुङ बचाउ आन्दोलन जारी रहेको छ ।